राजापुरलगायत बर्दियाका तीन पालिकाले प्रतिवेदन तयार नगरी शिक्षकलाई खुवाए तलब
शुक्रबार, साउन १९, २०८० मा प्रकाशित

बर्दिया,साउन १९ (फरकसमाचार) / राजापुर, बाँसगढी र मधुवन नगरपालिकाले तलबी प्रतिवेदन नै तयार नगरी शिक्षकलाई तलब भत्ता खुवाएको पाईएको छ । राष्ट्रिय कितावखाना (शिक्षक)का अनुसार बर्दियाका यी तीन पालिकाले तलबी प्रतिवेदन तयार नै नगरी शिक्षकहरूलाई तलब भत्ता खुवाएका हुन् । सामुदायिक विद्यालयका स्थायी शिक्षकको वार्षिक तलबी विवरण पारित गर्ने व्यवस्थालाई यी तीन पालिकाले बेवास्ता गरि तलब खुवाएको छ ।

राष्ट्रिय कितावखानाले बर्दियाका राजापुर, बाँसगढी र मधुवन नगरपालिकासहित देशभरका १ सय ६९ पालिकाहरूलाई कारबाहीको लागि बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । पालिकाहरूको नामावली सार्वजनिक गर्दै मन्त्रालयलाई पत्राचार गरेको छ ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अन्तर्गत शिक्षकहरूको वार्षिक तलबी विवरण पारित गर्ने गराउने व्यवस्था छ । उक्त नियमअनुसार प्रत्येक पालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गरी तलब भत्ता भुक्तानी गर्नुपर्ने हुन्छ । तर, बर्दिया तीन पालिकासहित देशका १ सय ६९ पालिकाहरूले प्रतिवेदन नै तयार नपारी तलब भत्ता खुवाएको भन्दै उनीहरूलाई कारबाही गर्न माग गरेको छ ।

यी पालिकाहरूलाई प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीका लागि मन्त्रालयलाई पत्राचार गरिएको छ । यसको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महालेखापरीक्षकको कार्यालयलाई समेत गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय