जनताको काममा जुट्न इन्चार्ज गिरीको निर्देशन
सोमबार, साउन २२, २०८० मा प्रकाशित

बर्दिया,साउन २२/ नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले नेता कार्यकर्ताहरुलाई जनताको काममा जुट्न निर्देशन दिएका छन् । नेकपा एमाले बर्दिया जिल्ला कमिटिले आयोजना गरेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा बर्दिया जिल्ला इन्चार्ज समेत रहेका पुर्व लुम्बिनी प्रदेश मुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य गिरीले पार्टी स्थापनाको लक्ष्य उद्देश्य अनुसार जनताको काममा जुट्न निर्देशन दिएका हुन् ।

कम्यूनिष्ट पार्टी स्थापनाको ईतिहाँस सुनाउँदै नेकपा एमाले बर्दिया ईन्चार्ज गिरीले विशेषगरी बर्गिय रुपमा पछाडी परेको बर्गको सुखमा मात्र होईन दुःखमा संगसंगै काँधमा काँध मिलाएर अघि बढन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरे । तत्कालिन अवस्थामा विशेषगरी निरंकुश राजतन्त्रको अन्त्य गरी मुलुकलाई लोकतान्त्रीक गणतन्त्र स्थापनाको सन्दर्भमा नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै यो मुलुकको सम्बृद्धि नेकपा एमालेले मात्र हाँसिल गर्न सक्ने बताए ।

पार्टी स्थापनाको इतिहाँस सुनाउँदै इन्चार्ज गिरीले हामीले कुनै पदको लोभमा भूमिगत भएर संघर्ष गरेको जेल बसेको होईन केवल यो मुलुकलाई सार्वभौमसत्ता बनाउन, जनतालाई अधिकार सम्पन्न बनाउन, दासताको उन्मुलक गर्न, जातिय बर्गिय रुपमा हेपिएका दविएकाहरुको पक्षमा लागेर सामान्ती सोच भएकाहरुलाई परास्त गरी लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न कम्यूनिष्ट भएको सुनाए । अहिले पार्टी भित्र अवसर मात्र खोज्ने पार्टीको काम नगर्ने परिपाटीको विकास भएको भन्दै पद पाउनका लागि मात्र राजनीति नगर्न अनुरोध गरेका छन् । उनले पार्टी भित्र बसेर बर्गिय रुपमा जनताको काम गरे नगरेको मुल्यांकन गरिने समेत नेता कार्यकर्ताहरुको बीचमा प्रतिबद्धता जनाए । साथै इन्चार्ज गिरीले थोरै मतान्तरका कारण हार ब्यहोरेका नेताहरुलाई निरास नहुन र अझ बढी सक्रिय भएर जनताको काममा फर्कन सुझाए ।

नेकपा एमाले बर्दिया जिल्ला कमिटिले यही साउन १५ गते देखि २२ गते सम्म बर्दिया जिल्लाका आठ वटै स्थानीय तहमा नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आइतबार बाँसगढी नगरपालिका स्तरमा प्रशिक्षण कार्यक्रम सकिएको छ भने आज २२ गते सोमबार बढैयाताल गाउँपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा पोलिटब्यूरो सदस्य लिला गिरीसंगै केन्द्रिय सदस्यहरु लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भिम केसी, खडक बहादुर खड्का तथा बर्दिया जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष शालिकराम अधिकारी र सचिव पदम ढकालको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय