अनुशासनको पाठ सिकाउँदै जनमतका उपाध्यक्ष अब्दुल खान
मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित

बर्दिया,साउन २३ (फरकसमाचार) / कार्यकर्ताहरुलाई अनुशासन र धैर्य रहन जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संघिय सांसद अब्दुल खानले बताएका छन् । संगठन सुदृढीकरण तथा विस्तार अभियानको क्रममा सोमबार गुलरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष खानले यस्तो बताएका हुन् । पार्टीको हित हुने काम गर्नेलाई पार्टीले पुरस्कृत गर्ने र पार्टी विपरीत काम गर्ने पदाधिकारीलाई पार्टीले कारवाही गर्ने चेतावनीसमेत दिए । राजनीतिमा अनुशासन, धैर्यता र निरन्तरताको जरुरी हुन्छ । एकै पटकमा सफल नहुँदा निरास नहुन कार्यकर्तालाई सुनाए ।

गुलरियाको १२ वटा वडा मध्ये जनमतले एउटा वडा मात्र जित्न सफल भएको छ । तर आगामी निर्वाचनको लागि अहिले देखि निरन्तर तयारी गर्नुपर्ने भनाई राखे । पार्टीले दिएको जिम्मेवारी अनुशासनपुर्वक निभाउन आग्रह गरे । पार्टीको नीति नियम निर्देशन अनुसार निरन्तरता दिए आगामी निर्वाचनमा पक्कै सफल हुने उपाध्यक्ष खानले जिकिर गरे । जनमत पार्टी यस्तो पार्टी हो जसले जनताको चाहाना अनुसारको काम गरिरहेको छ । जनताले जनमत पार्टीमाथि विश्वास गरेको छ,उहाँहरुको सुख दुःखमा सघाँउन कार्यकर्ताहरुलाई आग्रहसमेत गरे । जनमत पार्टीको १५ बुँदे घोषणापत्र पढाउदै उपाध्यक्ष खानले उपस्थित कार्यकर्ताहरुको ध्यानाकर्षण गराएका थिए ।

‘विस २०६८ देखि २०७४ सम्मको अवधिमा डा.सिके राउतको मान्छे हो, भनेर डर त्रासले म संग व्यक्तिहरुले फोटोसमेत खिच्दैनथे’ उपाध्यक्ष खानले भने,‘अनुशासन, धैर्यता र निरन्तरताको फलले आज म संग समय लिएर फोटो खिच्छन् ।’ पटक पटक जेल, प्रहरीको पिटाईलगायतको विभिन्न बाधा अड्चन सहेर आज यो ठाउँसम्म पुगेको कार्यकर्ताहरुलाई उदाहरण दिए । खानेपानी तथा सरसफाई मन्त्री हुँदा आफ्नै विषेश पहलमा आव ०८०/०८१ मा बर्दियामा २२ वटा योजना परेको जानकारी उपाध्यक्ष खानले जानकारी गराए ।

जिल्ला कार्यसमितिमा रहेर काम गरिसकेका सम्पुर्ण पदाधिकारीहरुलाई केन्द्रीय तथा राष्ट्रिय समितिमा समावेश गरिएकोले जिल्ला समिति खाली रहेको विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य दुलारे (विपिन) सोनकारले बताए । ‘जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष खानको उपस्थितीमा सोमबार बर्दिया जिल्लामा जनमतले तदर्स समित गठन गरेको छ ’केन्द्रिय सदस्य सोनकारले भने,‘जिल्ला तदर्स समितिको संयोजकको जिम्मा राजेश यादवलाई दिईएको छ ।’ आगामी निर्वाचनलाई मध्यनजर गरि जनमत पार्टी संगठन विस्तारमा जुटेको केन्द्रिय सदस्य सोनकारले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय