बर्दिया,साउन २५(फरकसमाचार) / गुलरिया नगरपालिकाले पुर्व खानेपानी तथा सरसफाई मन्त्री एवंम संघिय सांसद अब्दुल खानलाई भव्य स्वागत गरेको छ । गुलरिया नगरपालिकाका नगर प्रमुखलगायत कर्मचारीले पुर्व मन्त्री खानलाई बुधबार नगरपालिकामा स्वागत गरेका हुन् । गृह नगरपालिका आएका पुर्व मन्त्री खानलाई नगरपालिकामा स्वागत गरिएको छ । गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याललगायत कर्मचारीले पुर्व मन्त्री खानलाई खादा र टिका लगाएर स्वागत गरेका छन् ।
नेपाल सरकारको मन्त्री भईसक्दा पनि घमण्ड नगर्ने र सबैलाई सम्मान व्यवहार गर्ने भनेर गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले पुर्व मन्त्री खानको तारिफ गरेको विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य तथा जनमत पार्टीका जिल्ला प्रवक्ता राम दुलारे सोनकारले जानकारी दिए ।
गुलरिया नगरपालिका आफ्नो जन्मभुमि हो, यहाँको चौतर्फी विकासको लागि हरसम्भव लागिपरेको पुर्व मन्त्री तथा संघिय सांसद अब्दुल खानले बताए । नगरपालिकासंग समन्वय गरि के कस्ता योजना चाहिन्छ आफुले पहल गर्ने भनाई राखे । यहीँ जन्मेकोले यसपालिकाको धेरै माया छ । यसपालिकाको चौतर्फी विकासको लागि जनचाहना अनुसार आ–आफ्नो जिम्मेवारी निभाउन आग्रहसमेत गरे । जनप्रतिनिधि र कर्मचारी बिच कुनै किसिमको द्विविधा पैदा हुने काम नगर्न पुर्व मन्त्रि खानले आग्रह गरेको विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य तथा जनमत पार्टीका जिल्ला प्रवक्ता राम दुलारे सोनकारले जानकारी दिए ।