बबई नदीमा बगेका गुलरिया नगरपालिका ८ का अक्षय चौधरी, वडा नं २ महेश चौधरी र वडा नं. १२ बालकृष्ण थारुको अवस्था अझै अज्ञात ।
बर्दिया,साउन ३१ / प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संघिय माननिय गिता बस्नेतसहित पालिका प्रमुखको सहभागितामा जिल्ला विपद व्यबस्थापन समिति(डिडिएमसि)को आकस्मिक बैठक डाँकेर बाढी पिडित परिवारका लागि राहात, पुर्नस्थापना र अस्थायी आवासका विषयमा छलफल गरेका छन् । दुई दिन लगातार भएको अविरल बर्षापछि भएको छलफलमा पालिका प्रमुखले डिडिएमसि बैठकमा प्रस्तुत गरेको क्षति विवरण र प्रशासनसँग रहेको विस्थापित तथा प्रभावित घरधुरी विवरण तुलनात्मक रुपमा मिल्दो जुल्दो नहुँदा सिडिओ रिसालले डाँकेको आकस्मिक बैठक लम्बियो ।
बारबर्दियाका नगर प्रमुख छबिलाल थारु र बाँसगढीका नगर प्रमुख खड्क बहादुर खड्काले दुई दिनमा घटेका सम्पूर्ण घटना डिडिएमसिले सम्बोधन गर्न पर्ने माग गरे । तर, गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादव, राजापुर नगर प्रमुख दिपेश थारु, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी र मधुवन नगरपालिकाका प्रबक्ता मेघ बहादुर गुरुङले वास्तविक पिडितलाई राहत वा पुर्नस्थापन गर्न जनप्रतिनिधिले मात्र संकलन गरेको विवरणले मात्र नभई जनप्रतिनिधि सहित संयूक्त प्रहरी र रेडक्रसको प्रतिनिधिले संकलन गरेको विवरणले मात्र पिडितको घाउँ मल्हम लाग्ने धारणा राखे । चार पालिका प्रमुखले बिपदको खतरा अझै नटरेको समेत खुलाएका थिए ।
२८ गते सम्र्पक बिहिन भएका तीन जना र मृत अवस्थामा भेटिएका दुई वटा शब प्रहरीको अनुसन्धान क्रममा रहेको एसपि सुधिरराज शाहिले खुलाएपछि बाँसगढीका नगर प्रमुख खड्क बहादुर खड्का प्रहरी प्रमुखसँग बैठकमा आक्रोष पोखेका थिए । नगर प्रमुख खड्काको भनाईमा २८ गते भएको भारी बर्षाकै कारण पूर्वपश्चिम राजमार्गको नालामा भेटिएका बाँसगढीका ८ का तुल बहादुर दमाई बिपदकै कारण मृत्यु भएको दाबी गर्दै थिए । मृत अवस्थामा भेटिएको शब अपराध अनुसन्धान गर्ने काममा प्रहरी खटिएको एसपि शाहिले जानकारी दिए । अर्को शब बढैयातालमा भेटिएको छ । अनुसन्धान पछि नै सम्पूर्ण कुरा बिपद हो वा कसैले घटाएको अपराधका कारण ज्यान गएको खुल्ने एसपि शाहीले बैठकमा दोहोराए । भौतिक पूर्वाधार निर्माण गर्दा पानी निकास नराखी लापरबाहीले पालिकाले काम गर्दा सर्वसाधारणको घर डुवानमा परेकालाई समेत डिडिएमसिको बैठकमा राहत दिन पर्ने र शबको बिषय उठान गर्दा नगर प्रमुख खड्काको तर्क बैठकमा सान्र्दर्भिक रहेन ।
२७ र २८ गते परेको अविरल बर्षाले जिल्लामा रहेका आठ वटा पालिका मध्ये बाँसगढी र बारबर्दियामा बढि बर्षाबाट क्षति पुगेको छ । गुलरिया र मधुवन नगरपालिकाका सर्वसाधारण डुवानबाट केहि परिवार विस्थापित छन् । यसअघि आएको २३ गते ठाकुरबाबा नगरपालिकामा भारी बर्षाले डुवान गरेको छ । २७ र २८ गते परेको अविरल बर्षाका कारण जिल्ला डुवान र बाढीबाट प्रभावितको विवरण जनप्रतिनिधिले संकलन गरेको संख्या अलि बढि छ । बाढीले बर्दियामा ३६ घर धुरीका १ सय ७४ घर परिवार विस्थापित भएका छन् । डुवानबाट आंशिक क्षति भएर ४ सय ५० परिवार प्रभावित छन् । स्थानीय विद्यालय र टेन्ट गाडेर सडकमा बसेका छन् । बबई नदीमा आएको बाढीमा दाउरा बटुल्न नदीमा होमिएका तीन जना गुलरिया नगरपालिका ८ का अक्षय चौधरी, वडा नं २ महेश चौधरी र वडा नं. १२ बालकृष्ण थारुको अवस्था अज्ञात छ । प्रहरीले सम्र्पक बिहिन भनेका तीन जना अवस्था अझै अज्ञात रहेको डिएसपि हिक्मत बहादुर बोहराले बताए ।
बबई नदीमा बाढी आएपनि नदीको भेलले तटबन्ध फुटाएर क्षति गरेको छैन । अग्लो बाध जस्ता भौतिक पूर्वाधार निर्माणका कारण अधिकांस गाउँ डुवानमा परेको देखिएको छ । डिडिएमसिले अस्थायी आवास टेन्ट दिने, प्रारारम्भिक राहात स्थानीय तहले वितरण गर्ने पर्ने, सम्र्पक बिहिनलाई खोज तलास गर्ने, रोग फैलिन नदिन किटनाशक औषधि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा खरिद गर्ने लगायतका १२ बुँदे आकस्मिक बैठकले निर्णय गरेको छ । छिटो भन्दा छिटो पिडित परिवार घाउँ मल्हम लगाउँनका लागि आकस्मिक बैठकको निष्र्कष रहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘बिबादित बिषय कार्यबिधिलाई टेकेर समस्या समाधान गरिन्छ,’उनले भने,‘ तत्काल सम्बोधन गर्न पर्ने गाँस, बाँस र कपासका लागि बिस्थापित परिवार दुःख पाउँनु हुदैन भन्ने हो ।’
संघिय माननिय गिता बस्नेतले पिडित परिवार समक्ष पुग्ने राहात र पुर्नस्थापनाका लागि राज्यले गरेको व्यबस्थापन त्रुटि हुन नदिन सजग रहन पर्ने धारणा राखिन् । यस अघि बबई नदीमा आएको बाढीले पूर्ण क्षतिमा परेका बाढी पिडितले समेत राहत स्वरुप पाउँनु पर्ने रकम नपाएकाले पिडितलाई राहात दिलाउँन निरन्तर प्रयासरत रहेको उनले बताईन् ।स्रोत नागरिकन्युज