धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या
बिहिबार, साउन ३२, २०८० मा प्रकाशित

बर्दिया,साउन ३२ (फरकसमाचार)/ धारिलो हतियार प्रहार गरि श्रीमानले श्रीमतिको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका–१ सानो डाँफेका ५१ वर्षिय कृपाल सुनारले बिहीबार दिउँसो ३७ वर्षिय केश कुमारी विकको हत्या गरेका हुन् ।

बिहीबार दिउँसो करिब २ बजेको समयमा घर देखि करिब ५ सय मिटर टाढा धान खेतमा घाँस काटिरहेको बेला श्रीमान सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरि श्रीमतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले बताए । ‘सुरुमा धारिलो हतियार प्रहार गरेको देखिन्छ ’ डिएसपी बोहराले भने,‘घाँटीमा काटिएको छ ।’ धान खेतमा करिब ४, ५ इन्च जति पानी रहेको छ । शुरुमा धारिलो हतियारले प्रहार गरि घाईते बनाई पछाडिबाट थिचेर हत्या गरेको बुझिन्छ । घटना घटेको जानकारी प्राप्त भए लगत्तै प्रहरीले सुनारलाई नियन्त्रणमा लिईसकेको छ ।

के कारणले घटना घटेको अझै खुल्न सकेको छैन । प्रहरीले श्रीमान सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको डिएसपी बोहराले जानकारी दिए । मृतकको शव पोष्टमार्टमको लागि बर्दिया अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय