बाँसगढीका कार्यालय प्रमुखलाई घुस मागेको आरोप, प्रमुखको जनप्रतिनिधिसँग मनमुटाव भएको खुलासा
बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

सार्वजनिक भिडियो प्रकरण :

बर्दिया,भदौ ६ / क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालले प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई घुसको मागेको आरोप लगाएको सोमबार भिडियो सार्वजनिक भयो । पिडित कार्यालयकै करार महिला कर्मचारीलाई खडा गरेर प्रमुख प्रशाकिय अधिकृत पौडेलमाथी क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालको समुहले हुलहुज्जत गरेको भिडियोमा देखिन्छ । क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका कार्यकताले भष्ट्रचार गरेको आरोप लगाउँदै प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध कार्यालय भित्र नारावाजी गरेको देखिन्छ ।

भिडियोमा नेतृत्व गरेका कार्यकर्ताले घुस काण्ड अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले दोषीलाई कानुनी कारबाहीमा ल्याउँन पर्ने माग बाँसगढी नगरपालिका कार्यालय परिसरबाट गरेका छन् । ‘मैले घुस मागेको भिडियो वा रेकर्ड हुन पर्यो,नत्र आरोप लगाउँन पाउँनु हुन्न ।’प्रमुख प्रशासकिय अधिकृत भनेको भिडियोमा सुनिन्छ । आरोप लगाएकि कार्यालयकै महिला कर्मचारीले भनेकि छन्,‘फर्जी बिल बनाएर ल्याउँन भनेर मलाई टर्चर गरेर १ लाख ३५ हजार मागे ।’ उता, लामो समय देखि नगर प्रमुख खड्क बहादुर खड्का र कार्यालय प्रमुख पौडेल विच मनमुटाव उत्र्कषमा रहेको समेत खुलासा भएको छ ।

नगर प्रमुख र कार्यालय प्रमुख बिबादका कारण निर्माण भईसकेका भौतिक निर्माणको कामको भुक्तानी हुन नसकेको समेत गुनासो व्याप्त छ । लामो समय देखि नितिगत निर्णय गर्न नसक्दा बाँसगढी नगरपालिकामा विकास निर्माण पछि परेको चौतर्फी आलोचना भईरहेको छ । निति नियममा टेकेर निर्णय गर्न पर्ने अधिकृत पौडेलले अडान लिदै आएका पौडेलमाथी जनप्रतिनिधिसँगको मनमुटाव उत्र्कषमो पुगेको कर्मचारीको स्रोतका दाबी छ । नगर प्रमुख खड्काले आफु अनुकुल हाकिम नचलेको सार्वजनिक रुपमा बताउँदै आएका थिए ।

एमालेका तर्फबाट नगर प्रमुखमा बिजयी बनेका खड्काले पौडेलको सरुवा गर्न काठमाडौं धाईरहेको समेत खुलेको छ । मन्त्रालयमा अर्को पार्टीको सरकार भएका कारण सरुवा नहुँदा नगर प्रमुख र कार्यालय प्रमुख टसल हुँदा हुदै फर्जी विल बनाउँन लगाएको आरोप कार्यालय प्रमुख पौडेल माथी लागेको हो । भिडियो सार्वजनिक गरे लगत्तै नगर प्रमुख खड्का र प्रमुख प्रशासकिय अधिकृत पौडेलसँग फोन सम्र्पकमा छैनन ।

कार्यालयको फोनमा लगातार घन्टी गएपनि सम्र्पक हुन नसकेको हो । मंगलवार कर्मचारी पेन डाउन गरेर घटना बिरोध गरेको बिज्ञप्ती सच्चाएर पेन डाउँन गरेका कर्मचारी अपरान्ह देखि सेवा सुचारु रहेको बाँसगढी नगरपालिकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरेका छन् । घुस मागेको आरोप लगाएर हुलहुज्जत गर्ने कसैलाई प्रहरीले पक्राउँ गरेको छैन । शान्ती सुरक्षाका लागि बाँसगढी नगरपालिकामा प्रहरी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए ।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय