काठमाडौंबाट पोखरा जाँदै गरेको बस खस्यो त्रिशूलीमा
बुधबार, भदौ ०६, २०८० मा प्रकाशित

काठमाडौं, भदौ ६ / त्रिशूली नदीमा बस खसेको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशूली नदीमा खसेको हो। एसपी मिश्रले आफू पनि त्यस ठाउँमा जाँदै गरेको र थप विवरण आउन केही समय लाग्ने जानकारी दिए।

‘मलाई पनि भर्खर जानकारीमा आएको छ। बस नम्बर र बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकी छ।’ दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय