गौ हत्या विरुद्ध गुलरियामा चर्को विरोध प्रदर्शन
शुक्रबार, भदौ ०८, २०८० मा प्रकाशित

बर्दिया, भदौ ८ (फरकसमाचार)/ गौ हत्या विरुद्ध गुलरियामा चर्को विरोध प्रदर्शन गरिएको छ । गौ हत्यामा संलग्नलाई तत्काल कारवाही गर्न माग गर्दै शुक्रबार गुलरियामा चर्को विरोध प्रदर्शन गरिएको हो ।

कानुनलाई चुनौती दिदै हिन्दु धर्मको आस्थामा ठेस पुग्ने गरि गरिएको गौ हत्याको घोर भत्र्सना गर्दै विश्व हिन्दु परिषद नेपाल जिल्ला कार्यसमिति बर्दिया, नेपाल शिवसेना जिल्ला कार्यसमिति बर्दिया, नेपाल सनातन धर्म संस्कृति संगठन र सम्पुर्ण ओमकार परिवारले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । गौ हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै संगठनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाई नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

केही दिन अघि सुनसरी जिल्लाको धरान स्थित सामुहिक रुपमा केही मानिसहरुको समुहले गोरुको हत्या गरि भोजभतेर खाएको सामाजिक संजालमा भिडियो सार्वजनिक भएको थियो । गाई नेपालको राष्ट्रिय जनावर हो । गौवंशलाई सनातनी हिन्दु धर्ममा आस्थाको रुपमा पुज्ने गरिन्छ । गौ हत्या नेपालमा प्रतिबन्धित छ । तर कानुनलाई खुलेआम चुनौती दिदै गौ हत्या गरि भोजभतेर खाने कार्य प्रति सनाती हिन्दु धर्मालम्बीहरुले चिन्ता व्यक्त गरेका छन् । धरानमा भएको गौ हत्याको घटनाको चौतर्फी विरोध भईरहेको छ ।

गौ हत्यामा संलग्न रहेकालाई तत्काल कानुनी दायरामा ल्याई कारवाही गर्न सरकारलाई दवाव दिएको विश्व हिन्दु परिषद नेपाल बर्दियाका अध्यक्ष सुभम आचार्यले बताए । ‘यस्ता अपराधीक कार्यमा संलग्नलाई कुनै हालतमा जोगाउन पाईदैन’ अध्यक्ष आचार्यले भने,‘कारवाही नगरि कुनै बहानामा जोगाउन खोजिए हामी कदल चाल्न बाध्य हुनेछौं र तत्पश्चात सिर्जना हुने परिस्थितीको जिम्मेवारी सम्बन्धित पक्ष स्वंयम हुनेछ ।’

सम्पुर्ण ओमकार परिवारको आयोजनामा निकालिएको विरोध ¥याली गुलरिया बजार परिक्रमा गरेको थियो । विरोध ¥यालीमा हिन्दु धर्मालम्बीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय