बर्दिया,भदौ ११ (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा थुपारि राखेको सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–३ पुष्पनगर स्थित बाटोको छेउबाट बेवारिसे सामान प्रहरीले शनिबार बिहान बरामद गरेको हो ।
बरामद सामान मुल्य रु २ लाख ७० हजार बराबर रहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।
बरामद सामानमा कपडा र सुर्तीजन्य पदार्थ रहेको जनाईएको छ । बरामद सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।