गुलरियामा वर्ल्ड लिंक नेटको सेवाप्रति सेवाग्राही रुष्ट
सोमबार, भदौ ११, २०८० मा प्रकाशित

बर्दिया,भदौ ११(फरकसमाचार)/ गुलरियामा वर्ल्ड लिंक  नेटको सेवा प्रति सेवाग्राही रुष्ट हुँदै गएका छन् । पछिल्लो समय वर्ल्ड लिंक  नेट नचलेर घुमिरहँदा सेवाग्राही रुष्ट हुदै गएका हुन् । वर्ल्ड लिंक  नेटको चरम लापरवाहीले सेवाग्राहीहरु धरापमा परेका छन् । अफिसियल कामकाजको लागि जडान गरिएको वर्ल्ड लिंक नेटको कारणले सेवाग्राहीलाई हैरानी व्यहोर्नु परेको छ । कतिपय अवस्थामा चल्दा चल्दै नेट अवरुद्ध हुँदा अफिसियल कामकाज नै ठप्प हुने गरेको व्यापक गुनासो छ ।

नेट अवरुद्ध हुने र ढिलो चलेको बारेमा गुलरिया शाखामा फोन मार्फत जानकारी लिन खोज्दा म्यानेजरको फोनसमेत नउठ्ने गरेको सेवाग्राहीको आरोप छ ।
गुलरियामा शुरुमा राम्रो चलाएर ग्राहकहरुलाई आकर्षित गर्ने काम मात्र भएको सेवाग्राही बताउँछन् ।

ग्राहकलाई आकर्षित गर्न शुरुमा राम्रै चल्ने गरेको एक सेवाग्राहीले बताए । आजभोली हैरानी व्यहोर्नु परेको उनले सुनाए । नामको मात्र नेट भयो । घरमा दुई वटा मात्र मोबाईल मात्र चलाउँछौं । तर,आफन्तजनसंग कुरा गर्न खोज्दासमेत हुदैन । बिचमा नेट चल्न छोड्छ । नेट अवरुद्ध भएको फोन मार्फत जानकारी गराउँदा दुई तीन पछि मात्र रेस्पोन्स हुन्छ । वर्ल्ड लिंक  नेट गुलरियाले सेवाग्राहीसंग असुली गर्ने काम मात्र गरेको उनले गुनासो गरे ।

उनि एक प्रतिनिधि पात्र हुन् । अफिसियल कामको लागि दुई सय एमबिपिएसको नेट जडान गर्दा पनि सास्ती व्यहोर्नु परेको गुनासो छ । अफिसियल कामको लागि वर्ल्ड लिंक नेट गुलरिया शाखालाई वार्षिक १६ हजार २ सय ७२ बुझाउँदा पनि सेवाग्राहीलाई सास्ती खेप्नु परेको छ । सुरुमा तिव्र गतिमा चल्ने नेट आजभोली घुमिरहने सेवाग्राहीले बताउँछन् ।

सेवाग्राहीको गुनासो ढिलो चल्ने र बिचमा अवरुद्ध हुने बारेमा जानकारी माग्दा वर्ल्ड लिंक नेट गुलरिया शाखाका मेनेजर मान बहादुर घर्तीले आफ्नो सरुवा भईसकेको बताए । अहिले वर्ल्ड लिंक  नेट गुलरिया शाखामा मेनेजरको जिम्मेवारीमा उमाकान्त बुढा रहेको जनाए । घर्तीले मेनेजर बुढाले प्रयोग गर्ने सम्पर्क नंम्बर उपलब्ध गराए । मेनेजर बुढाले प्रयोग गर्ने ९८०२५३६५६० नंम्बरमा पटक पटक सम्पर्क गर्दा फोन उठेन ।

प्रतिक्रिया

सम्बन्धित खवर