कमैया महिला जागरण समाजले १३औं स्थापना दिवस मनायो
सोमबार, भदौ ११, २०८० मा प्रकाशित

बर्दिया,भदौ ११ / कमैया महिला जागरण समाज नेपालले आफ्नो १३औं स्थापना दिवश मनाएको छ । एक कार्यक्रमको आयोजना गरि कमैया महिला जागरणले आफ्नो १३औं स्थापना दिवस तथा साधारण सभा सोमबार गुलरियामा सम्पन्न गरेको हो । विस २०६७ सालमा कमैया मुक्ति आन्दोलनबाट उदाएको संस्थाले आफ्नो स्थापना कालदेखि नै आप्mनो स्थापना दिवश मनाउदै आएको छ ।

कार्यक्रममा वक्ताहरुले कमैयाका सवालहरु धेरै रहेकोले ती समाधान गर्नको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नु पर्ने कुरामा जोड दिएका थिए । त्यस्तै गरेर कमैया महिला जागरण समाजले संस्थागत विभिन्न निर्णय गर्दै साधारण सभा पनि सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा संस्थाको केन्द्रिय अध्यक्ष विरुणी थारु, गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतम, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, मुक्त कमैया समाजका केन्द्रिय, प्रदेश तथा जिल्ला स्तरका प्रमुख तथा प्रतिनिधिहरु र संस्थाका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाकी सचिव मीना थारुले कार्यक्रम संचालन र कोषाध्यक्ष तुलसी थारुले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय