बर्दिया,भदौ १२(फरकसमाचार)/ प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खान चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत चयन भएका हुन् ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट भएको थियो । दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा आइतबार नै सर्वसम्मत रुपमा सभापति चयन भइसकेका थिए ।
तर उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने थियो । तर निर्वाचनअघि उनले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत रुपमा सभापति चयन भएका हुन् ।