घरघरै औषधीलगायत अन्य सामान बेच्दै हिड्ने गिरोह सक्रिय
बुधबार, भदौ १३, २०८० मा प्रकाशित

बर्दिया,भदौ १३ (फरकसमाचार)/ औषधी देखि लिएर सम्पुर्ण घरायसी सामान बेच्दै हिड्ने गिरोह गुलरिया क्षेत्रमा सक्रिय देखिएको छ । विभिन्न किसिमका प्रोडक्ट झोलामा लिएर घरघरै बेच्दै हिड्ने गिरोह सक्रिय देखिएको हो । घरघरै प्रोडक्ट बेच्ने र प्रोडक्ट बेच्न एजेन्ट बनाउँदै हिड्नेको गिरोह गुलरियामा सक्रिय छ तर सम्बन्धि निकाय बेखबर छ । विभिन्न किसिमका गुणस्तरहीन औषधीलगायत सामान बेच्दै ठग्दै गरेको पाईएको छ । यस्ता व्यक्तिहरुको झासामा परेर ठगिएकाले अन्यलाई सचेत गराईरहेका छन् ।

गुलरियाका ४५ वर्षिय सिताराम गोडियाको ३० वर्ष अघिको हात्ती पाईले रोग सन्चो गर्ने ग्यारेन्टीका नेटवर्क विजनेशका एजेन्टहरुले औषधी बचे । गोडियाले हजारौंको औषधी प्रयोग गरे । त्यस औषधीको प्रयोगले गोडियाको रोग झन् बल्झियो । रोग बझिल्दा अघिल्लो साता गोडिया उपचारको लागि बर्दिया अस्पताल पुगे । यो घटनाको बारेमा प्रहरीसम्म कुरा पुग्यो तर सामान्य सोधपछि प्रहरीले एजेन्टहरुलाई पठाएको जानकारी छ । घरघर गएर गुणस्तरहीन औषधीलगायत सामान बेच्नेलाई सम्बन्धित निकायले कारवाही नगरे सर्वसाधारण ठगिने स्थानीयको आँकलन छ ।

घरघरमा आएर औषधीलगायत घरायसी सामानको बारेमा बढाई चढाई गरेर बिक्री गर्ने गरेको एक स्थानीयले बताए । ‘विभिन्न किसिमको सामान बिक्री गर्ने उदेश्यले घरमा पस्छन्’उनले भने,‘आफुले झोलामा लुकाएर ल्याएको सामान बेच्ने र बेच्न प्रोत्साहन गर्ने गरेका छन् ।’ एजेन्ट बनाए वापत उनीहरुले थप कमिसन पाउने गरेको उनले खुलाए । घरमा सामान बेच्ने बहानामा गई विभिन्न किसिमका प्रलोभन देखाई यस्ता औषधी र सामान बेच्न फकाउने गरेको उनले सुनाए । पहिला केही रकम जम्मा गर्नुपर्छ । बेच्दै गए पछि राम्रो फाइदा लिन सकिने बताउँदै हिड्छन् ।

घरमा आएर आफुले झोलामा ल्याएको सामानको बढाई चढाई गर्दा तुथपेष्ट र अनुहार गोरो बनाउने साबुन किनेको गुलरिया नगरपालिका–८ का रमेश यादवले बताए । ‘तुथपेष्ट र साबुन त किने तर,उनीहरुले बयान गरे जस्तो पाएन’ यादवले भने,‘राम्रो सामान भनेर मलाई ठगे ।’ राम्रो सामान भए त बजारमा बढी माग हुन्थ्यो । यसरी घरघरै ल्याउनुपर्ने आवश्यकता थिएन । जहाँबाट पनि किन्न सकिन्थ्यो । तर घर घरमा गई यस्तो गुणस्तरहीन सामान बेचेर सर्वसाधारणलाई ठग्नु जायज होइन । यस्ता ठगि गर्ने गिरोहलाई सम्बन्धित निकायले तुरुन्त कारवाही गर्न उनले मागसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय