कैदी दोस्रो पटक फरार प्रकरण : फरार कैदि अजिब गाउँ फर्केलान भन्ने त्रास
सोमबार, भदौ १८, २०८० मा प्रकाशित

बर्दिया,भदौ १८ / ‘आठ बर्ष अघि टोपे भन्ने अजिब बहादुर बुढाक्षेत्रिको नामले ठाकुरद्धारा सुतकैया गाउँ त्राहिमानभयो’ गुलरिया बैंकमा कार्यरत महिला कर्मचारीले स्मरण गर्दै भनिन्,‘त्यतिबेला म नौ कक्षामा पढ्थे, हामीलाई स्कुल जान डर लाग्थ्यो ।’ उनका अनुसार गाउँले नातामा मामा पर्नेलाई घाँटी छिनालेका दृश्यले अजिब नामले गाउँले त्रसित थिए ।’ प्रहरीले अजिबलाई पक्राउँ गरेर कर्तव्य ज्यान मुद्दा चलाएको २५औ दिनमा गाउँले आङमा घाम सात बर्ष नलाक्दा सन्त्रास फैलिरह्यो ।
गाउँलेको त्रास देखेर अदालतबाट फरार भएका अजिबले अर्को घटना दोहराउँलान् कि भन्ने आंशकाले प्रहरीले त्यतिबेला गस्ती बढाएको उनले सुनाईन् ।

समय अन्तरालमा भारत फरार भएका अजिब गाउँ झल्याक्क झुलुक देखिन थालेपछि सबैरै पसल बन्द हुने गरेको पनि उनले स्मरण गरिन् । ‘बेलाबेलामा देखिने उनी दुश्मनि साध्ने होकि भन्ने सबैमा त्रास थियो,’उनले भनिन् । सात बर्षको अन्तरालमा फरार कैदीलाई एक बर्ष अघि प्रहरी उपरीक्षक(एसपि) बिरेन्द्र बहादुर शाहीको सूचना संयन्त्रले घरबाट पक्राउँ गर्न सफल भएर कारागार पठाएपछि चयनको सास फेरेका गाउँलेमा पुनः त्रासमा बाच्न पर्ने अवस्था सिर्जना भएको उनले दोहोराईन् । फरार अजिबले ०७१ सालमा राती घरमा सुतिरहेका ६९ वर्षिय जोरे थापालाई गड्सा प्रहार गरि निर्मम हत्या गरेका हुन् ।

प्रहरी प्रशासन तनावमा

निर्मम हत्या संलग्न अजिब फरारको खोजी कार्य तिब्र पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, प्रहरी उपरीक्षक सुधिरराज शाही, सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाही सीमावर्ती क्षेत्रमा आईतवार विहान देखि स्वयम खटिएर खोजी तिब्र पारेका छन् । भारतीय सुरक्षाकर्मीको समन्वयमा खोजी तिब्र पारेपछि भारत पस्न अझै अजिब नसकेकोे आँकलन छ । सादा पोशाकमा र बिभिन्न रणनितिक योजना अनुरुप फरार कैदिबन्दि अजिबको खोजी भईरहेको प्रशासनले बताएको छ ।

फरार कैदी बन्दि फेला नपरेको प्रमुख जिल्ला अधिकारी रिसालले जानकारी दिए । ‘दुर्भाग्य पूर्ण घटना हो,’उनले भने,‘के कस्ता कमजोरी घटना घटेको हो पछिको कुरा हो,पहिलो प्राथामिकता कैदीलाई पक्राउँ गर्न रहेको छ ।’ कैद सजाय भोगिरहेका कर्तव्य ज्यानकै कैदीबन्दी कारागारबाट फरार भएपछि प्रहरी र प्रशासनलाई तनाव भएको छ । ठाकुरबाबा नगरपालिका–८ का ३२ वर्षिय अजिब बुढाक्षेत्री आइतबार बिहान तीन बजेर १५ मिनेटमा कारागारबाट फरार भएका हुन् । अदालतबाट ३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्री पुनःदोस्रो पटक प्रहरीलाई झुक्काएर फरार भएपछि सुरक्षाकर्मी र कारागार प्रशासन माथि प्रश्नसमेत उठिरहेको छ ।

हत्या गरेको आरोपमा प्रहरीले बुढाक्षेत्रीलाई अनुसन्धानको क्रममा हिरासतमा राखेको थियो । कारागार कार्यालयको छतबाट हामफालेर पर्खालबाट बुढाक्षेत्री भागेको प्रहरी उपरीक्षक सुधिर राज शाहीले जानकारी दिए ।

बुढाक्षेत्री कारागारबाट भागेपछि आइतबार बोर्डर सिलगरि खोजतलास गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले बताए । ‘खोजतलासको लागि व्यापक प्रहरी परिचालन गरिएको छ’ डिएसपी बोहराले भने,‘फरार कैदीलाई सामात्न तालिम प्राप्त कुकुरसमेत प्रयोग गरेका छौं ।’

कारागार प्रशासनको कमजोरी

कारागार प्रशासनको कमजोरी देखिएको छ । एक वर्ष अघि र लामो समय कैद भएकालाई कारागार नाईके भित्रको जिम्मेवारी कारागार प्रशासनले दिएको खुलेको छ । कम कैद भएकालाई त्यस्ता जिम्मेवारी दिने नियमलाई कारागारले लत्याइएको पाईएको छ । प्रत्यक्षदर्शी कारागार स्रोतका अनुसार पानीको बहानाले अजिब छत माथी चढेका थिए । पानी हेर्न माथी चढेका अजिब सजिलै सुरक्षा घेरा ताडेर भाग्न सफल भएको खुलासा भएको छ ।

दश महिना सजाय भोगेका बुढाक्षेत्रीलाई किन पानी नाईके बनाईएको आशंका गरिएको छ ।

नाइके र सहायक नाइके कारागार प्रशासनले तोक्ने गरेको कारागार कार्यालयका प्रमुख सन्तोष विकले बताए । ‘फरार बुढा क्षेत्री पानी नाइके हुन्’प्रमुख विकले भने,‘चौकीदार र कैदीबन्दीले बुढाक्षेत्रीलाई पानी नाइके तोकेका थिए ।’ पानी नाइके राति अन्य कैदीबन्दी भन्दा अलग ताल्चा नलागेको कोठा बस्छन् ।

अन्य कैदी बन्दी ताल्चा लागेको कोठामा बस्छन् । पानी नाइकेले राति डिउटी गर्ने, कैदीबन्दीलाई पानी दिने र कैदीबन्दी बिरामी भएमा रिपोर्ट गर्ने कामको जिम्मेवारीमा हुन्छ । सोही जिम्मेवारीमा रहेका पानी नाइके अजिब फरार भएका बिकले पुष्टि गरे । कसको लापरवाहीले बुढाक्षेत्री फरार भएको अनुसन्धान प्रतिवेदनले जनाउने कारागार प्रमुख विकले जानकारी दिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय