नगरवासीको प्रदर्शनमा कर ज्यादतीको विरोध,ऐन टेकेर कर उठाएको नगरपालिकाको जिकिर
मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित

बर्दिया,भदौ १९(फरकसमाचार) / राजापुरका सूचना अधिकारी तथा लेखा अधिकृत बसन्त मल्ल ऐन नियममै रहेर कर निर्धारण गरेको जिकिर गर्छन् । तर नगरवासी र दलिय संयन्त्र करको बिरोधमा छन् । कर ज्यादतीसँगै नगर प्रमुख दिपेश थारुको अभिव्यक्तिले सारा नगरवासी आतंकित बनेको छ । उनी नगर प्रमुख भएदेखिका क्रियाकलाप उग्र देखिन्छ ।

स्वास्थ्य कर्मचारीको सरुवा, शिक्षक सरुवामा जबजस्ती गर्न खोज्दा आफै आलोचित बन्न पुगेका उनी जनता माँझ अलोकप्रिय बन्दै छन् । यसरी एकलौटि ढंगले नगरवासीका चाहाना अनुरुप भन्दा फरक कदम चाल्ने बर्दिया जिल्लाका नगर प्रमुख मध्य थारु एक्ला हुन् । नगरपालिकाको अभिव्यक्तिले आन्दोलन गर्न उस्काउँछ । कहिले राजापुरमा अप्रिय घटना घट्ने यति बेला नगर प्रशासन जिम्मेवार हुनु पर्ने प्रदर्शनकर्ता भनाई छ ।

असार मसान्त अघि सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाही संचारकर्मी समेतको फोन नउठाउँदा जनता वास्तविक सूचना बिहिन बन्न पुगेका छन् । उता, लामो समय देखि कर बुझाउँन जाँदा अघिल्लो बर्षको तुलनामा २० गुणा नगरपालिकामा भूमि कर बढाएको प्रदर्शनकारी दावी गर्छन् । राजापुरका नगरवासीले करको बिरोध गर्दै निकालिएको ¥यालीमा नगर प्रमुख दिपेश थारुले सुरक्षाकर्मी लगाएर वल प्रयोग गर्न तम्तयार देखिन्छन् । जिल्लाकै शान्ति सुरक्षा खलबलाउँने काम काज राजापुर नगरपालिकाले देखाईरहेको छ ।

राजापुर नगरपालिकामा माओवादी पार्टीको राम्रो पकड रहेको स्थानीय बताउँछन् । तर माओवादी पार्टीबाट निर्वाचित नगर प्रमुखले करको दायरा बढाउँदा पार्टीको पकड खस्किदै गएको स्थानीयले प्रतिक्रिया दिएका छन् । राजापुर नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पत्ति कर बढाउँदा नगरवासी आन्दोलित भएका छन् । करको दायरा घटाउनुपर्ने माग राखी सोमबार राजापुरका नगरवासीले शान्तिपुर्ण विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय