अशक्तलाई प्रशासनले घरमै दियो नागरिकता
बुधबार, भदौ २०, २०८० मा प्रकाशित

बर्दिया,भदौ २०(फरकसमाचार) / शारीरिक रुपमा अशक्त रहेका व्यक्तिलाई प्रशासन कार्यालयले घरमै नेपाली नागरिकताको प्रमाण पत्र दिएको छ । गुलरिया नगरपालिका–८ थपुवाका २० वर्षिय गौतम थारुलाई जिल्ला प्रशासन कार्यालयले सोमबार घरमै नागरिकताको प्रमाण पत्र दिएको हो । प्रशासनले प्रशंसनीय काम गरेको भन्दै सर्वसाधारणले टिप्पणी गरेका छन् । प्रशासनले सेवाग्राहीको समस्या बुझेर सेवा प्रर्वाह गर्नु सुखद रहेको जिल्लावासीले महसुस गरेका छन् ।

कार्यालयसम्म आउन सक्ने स्थिती नभएको कारणले अशक्त थारुको घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोक प्रसाद ढकालले बताए । ‘करेन्ट लागेर घाईते भएका थारु विगत ५ वर्षदेखि ओछ्यानमै छन्’ अधिकृत ढकालले भने,‘थारुको कम्मर भन्दा तलको भाग नै चल्दैन ।’ सहजताको लागि घरमै पुगेर नागरिकताको प्रमाण पत्र दिएका छौं ।

यस्ता अशक्त विस्तारामै थलो परेका व्यक्तिहरुलाई घरमै गएर सेवा दिएका छौं । यस्ता अशक्त व्यक्तिको बारेमा जानकारी आएमा प्रशासनबाट दिईने सेवा घरमै गएर दिन्छौं । नजिक भए तत्काल र टाढा भए समय मिलाएर घरमै पुगेर सेवा दिने अधिकृत ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय