मानव बेचबिखन घटनाको प्रकृतिमा परिर्वतन : प्रजिअ रिसाल
बिहिबार, भदौ २१, २०८० मा प्रकाशित

बर्दिया,भदौ २१(फरकसमाचार) / मानव बेचबिखन घटनाको प्रकृतिमा परिर्वतन आएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताएका छन् । मानव बेचबिखन बिरुद्धको १७औं राष्ट्रिय दिवसको अवसरमा बुधबार गुलरियामा निकालिएको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ रिसालले यस्तो बताएका हुन् । पहिला भारतीय भुमिमा लगेर चेलिबेटी बेच्ने घटना थिए भने अहिले बैदेशिक रोजगारीलगायत अन्य शृखंलासंग जोडेर मानव बेचबिखन भईरहेको छ । मानव बेचबिखन बिरुद्ध काम गर्ने सम्पुर्ण निकायहरु अति चनाखो हुनुपर्ने प्रजिअ रिसालले सुनाए ।

जिल्लामा मानव बेचबिखनका घटनाहरु विगत भन्दा न्युनिकरण हुँदै गएको प्रजिअ रिसालले बताए । ‘बर्दिया जिल्लाको सन्दर्भमा मानव बेचबिखनको पहिला जे जस्तो घटना घट्थे त्यसमा कमी आएको छ’ प्रजिअ रिसालले भने,‘मानव बेचबिखन तथा ओसार पसारका मुद्दा हेर्ने हो भने न्युन अवस्थामा पुगेका छौं ।’ तर यति हुँदा हुँदै र्निमुल वा सन्तुष्टिको अवस्थामा पुगेका छैनौं । सरकारी तथा गैरसरकारी संस्थाले गरेको कामले मानव बेचबिखनका घटना न्युनिकरण हुँदै गएको छ । न्युनिकरणको अवस्थालाई कायम राख्दै र्निमुलीकरण अवस्थामा पु¥याउनको लागि सबैको साथ जरुरी रहेको प्रजिअ रिसालको भनाई छ ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति बर्दियाको आयोजनामा निकालिएको ¥यालीमा सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । गणेशमान चोकबाट निकालिएको ¥याली गुलरिया बजार परिक्रमा गरि राधाकृष्ण चोकमा कोण सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय