बर्दिया, भदौ २१ (फरकसमाचार) / ‘तपाई पैदल आएको यँहा ? कार किन्न कुनै दुःख छैन । ग्राहक बनाउँनु होस् । तपाई हैसियत कहाँ पुग्छ, अरुसँग तुलना हुदैन । हामी जस्तै कारमा हिड्न सदस्य बनाउँनु होस् । दुःखका दिन हराउँछ,’राम्रा होटलमा सेमिनारको नाममा बोलाएर प्रशिक्षण गर्दाको एक अंश सुनाउँदै भुक्तभोगिले भने, ‘तपाईसँगै हिड्नेले तपाईको ईश्र्या गर्न थाल्छन् ।’ यस्ता आकर्षक शब्दको बर्णन तालिम प्राप्त भारतीय नागरिकले नेपाल पुगेर बिश्वस्त पारिरहेको पाईएको छ ।
यस्तै चंगुलमा फस्दा नेपालीले सर्वसाधारणलाई ललाई फकाई भेस्टिजका प्रोडक्ट बेच्न नेपालीलाई प्रोत्साहित गरिरहेका छन् । भेस्टिज नेटवर्किङ व्यवसायमा फस्दा धन्धा चलाउँदा नेपाली ठग्न नेपाली प्रयोग भईरहेका छन् । फुड सप्लिमेन्टको नाममा (निम,एलोभरा,क्यालसियम) नाम औषधि दिएर सर्वसाधरणलाई झुक्काएर नेटवर्क मार्फत भारतीयले नेपाली ठगिरहेका छन् । सर्वसाधारणमा मोटिभेसनल किताब मार्फत एजेन्टले लाखौ रुपैया कमाउँने प्रलोभनमा टाठाबाठा नेपाली नाईकेले गाउँ घरमा सदस्य बनाउँन सर्वसाधारण बाध्य पारिरहेका छन् ।
घरमै वसी बसी तलब दिने एजेन्ट आश्वासन पाउँछन् भने झोला झोलामा बोकेका औषधि जन्य वस्तु, परफ्यूम लगायतका सामान बजार मूल्य भन्दा तीन गुणामा खुलम खुला रुपमा बिक्रि वितरण गरेको पाईएको छ । नेपाली एजेन्ट मार्फत सर्वसाधारणसँग मोटो रकम असुल गर्ने भारतिय गिरोह सक्रिय रहेको खुलेको छ । नेटवर्किङ विजनेसले जागिर दिने प्रलोभन देखाएर सर्वसाधारणसँग लाखौं रकम उठाएर लगिरहेको भेटिएपछि गिरोह सक्रिय रहेको तथ्य खुलेको हो । एजेन्टका नाईकेलाई बिजनेस गरेको भनि महिनावारी कमिशन दिएर नेटवर्कतर्फ आर्कषण गिरोहले गरिरहेको छ । तिनैले प्रतिबन्धित भेस्टिज नेटवर्कको गुणगाण गाउँदा सर्वसाधारण बिश्वस्त भईरहेका छन् ।
नेटवर्किङ विजनेसलाई नेपाल सरकारले प्रतिवन्ध लगाएपनि सोझा सर्वसाधारणसँग गिरोहले रकम असुल गरिरहेको पाईएको छ । स्रोतका अनुसार भारत र नेपालसीमासँग जोडिएका स–साना बजारमा यस्तै टेकनिक अपनाएर युवा र यूवति दिमाग भुट्न भारतीय गिरोह परिचालित भईरहेको छ । भेस्टिजले नेटवर्क मार्फत दिईने मंहगो सामान सर्वसाधारणसँग अग्रिम रकम असुल गरेर एजेन्ट मार्फत उक्त कम्पनीले भ्याट छलिरहेको छ ।
नेपाली ठग्ने गिरोहको बिरुद्धमा प्रशासनले कडा कदम चाल्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘हामीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरिसकेका छौ’उनले भने,‘प्रतिबन्धित काम गर्ने बिरुद्ध प्रशासनले आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउँछौ’ भेस्टिजले बिक्रि गर्ने फुड सप्लिमेन्टमा समेत मूल्यको नयाँ दर कायम गरेको देखिन्छ । रोग सन्चो गर्ने प्रतिबद्धता गरेर औषधि बेच्दा प्रतिकुल असर रोगीलाई परिरहेको खुलेको छ । नेटवर्किङ विजनेसलाई नेपाल सरकारले नै प्रतिवन्ध लगाएको छ । रकम असुलेर वा ग्राहक बनाए वापत जागिर दिन्छु भन्ने विजनेस गैर कानुनी हो । भुमिगत सैलिमा गिरोहले सर्वसाधारणलाई जम्मा गरेर जागिर दिने प्रलोभन देखाएर रकम उठाएको खबर प्रशासनमा आईरहेको स्रोतले बताएको छ ।