बर्दिया,भदौ २२ / पिडा मानिसलाई मात्र असह्य हुन्न, वियोगमा सबैको मन रुन्छ । मानिसलाई जस्तै पिडा जनावरलाई पनि हुन्छ । तर भावनालाई कुकुरले व्यक्त गर्न सक्दैनन् त्यति मात्र हो । जो कोहिको भावनात्मक चोट अनुहारमा झल्किन्छ । यस्तै चोट रोजसँगै बस्ने र खाने साथी जम्बोलाई परेको छ । जम्बो साथी वियोगमा छटपटिएको भाव उनको अनुहार भल्किन्थ्यो ।
नेपाल प्रहरी संगठनको सहयोगको लागि कर्तव्य ज्यानमा फरार अजिब बुढाक्षेत्री खोज्न पहिला रोज बर्दिया आएका थिए । टोपे भन्ने अजिब नामका फरार कैदी आइतबार बिहान भागेका बखत बर्दिया प्रहरी प्रमुख सुधिरराज शाहीको समन्वयमा रोज(बेल्जियम सेफर्ड)लाई तत्काल कैदी खोज्न झिकाईएको थियो ।
रोजको देहान्त पछि फरार कैदी खोज्न जम्बो बर्दिया आएका हुन् । रोजको साथ छुट्दा जम्बो एक्ला भएका छन् । रोजले संगठनको हितका लागि कर्तव्य पालन गर्दा गर्दै ज्यान गुमाउँदा यतिखेर बर्दिया प्रहरी संगठनका सदस्य रोजको वियोगले बिछप्त बनेको छ । रोजको मृत्यु भईसकेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । ‘रोजले पदचापमा प्रहरी क्लियू पत्ता लगाएको छ,’उनले भने,‘पछि मगाएका जम्बोले फरार कैदी लुकेको सम्भावित ठाउँ सूईको दिएपछि जम्बो पनि फर्केका छन् ।’
फरार कैदी खोज्ने क्रममा रोजलाई हार्ट अ्ट्याक आएको अनुमान छ । तर,तीन दिन बसाई सकेर जम्बो भने नेपालगंज फर्किसकेका छन् । आईतबार(भदौ १७) गते बिहान तीन बजे फरार भएका कर्तव्य ज्यानमा ३० बर्ष कैद सजाय तोकिएका ती कैदि कारागारको पर्खाल नाघेर फरार भएका थिए । पहिलो चरणमा फरार खोजीमा रहेका रोजले नेपालका सीमावर्ती फरार कैदी लुक्न सक्ने ठाउँमा परिचालित भएका लोकेसन थाहा पाएर प्रहरीलाई सहयोग गरेका थिए । रोजले पत्ता लगाएको लुक्न सक्ने सम्भावित ठाउँमा प्रहरी व्यापक रुपमा परिचालि भईसकेको छ । पहिलो स्थानमा नभेटिएका उनी भारतको कतरनिया र बिछियाको संरक्षित क्षेत्रमा लुकेर तीन दिन अघि देखि जंगलमा कैदि अजिब बसेको सूचना संयन्त्रबाट प्रहरीले थाहा पाईसकेको छ ।
नेपाल प्रहरीले भारतीय सीमामा खटिएका सुरक्षाकर्मीको सहयोगमा बस स्टाप,ट्रेन स्टेशन र संरक्षित भारतको जंगलमा खोजी गरिरहेको छ भने भारतीय पक्षले नेपाली प्रहरी समन्वय गरिरहेको जानकारी प्राप्त भएको छ । रातो कट्टु मात्र लगाएर जंगलमा देखिने गरेको घास दाउँरा गरेर फर्कनेले जानकारी दिईरहेको समेत प्रहरीले स्रोतले बताएको छ । ‘हामी करिब करिब फरार कैदीको नजिक नजिक पुगिसकेका छौ’एक प्रहरी अधिकृतले भने,‘घेराबन्दिमा परिसकेकाले सुखद समाचार सुन्न पाउँनु हुन्छ ।’ अजिब फरार भएको दोस्रो पटक हो । फरार अजिब आठ बर्ष अघि बर्दिया अदालतको शौचालयबाट भागेका थिए ।
सात बर्ष अघि फरार कैदीलाई दश महिना अघि तत्कालिन एसपि बिरेन्द्र बहादुर शाहीको नेतृत्वमा पक्राउँ गरेर कारागार चलान गरेको हो । यति खेर पनि अजिब फरार हुनुमा कारागार प्रशासनको कमजोरी देखिएको छ । कारागार प्रशासनले पानी नाईके बनाएको मौका छोपेर कारागारको पर्खाल नाघेर कैदि अजिब फरार भएका हुन् । भारतीय जंगलमा लोकेशनमा देखिएका अजिबलाई राजापुर ईप्रकाबाट खटिएका प्रहरी नायव उपरीक्षक, ढोढरी र बगनाहाका दुई प्रहरी निरिक्षकको टोलीले भारतीय पक्षको समन्वयमा खोजी गरिरहेको छ । स्रोत नागरिकन्युज