बर्दिया,भदौ २३(फरकसमाचार)/ बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ की ५५ वर्षिय काली वंशीको शुक्रबार मृत्यु भएको हो ।
मधुवन नगरपालिका–३ धनौरास्थित सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा वंशीको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएकी वंशी अबेरसम्म घर नफर्किएपछि आफन्तहरू खोजबिन गरेका थिए । प्रहरी र स्थानीयले खोजतलास गर्दा साँझ ५ बजे शव घटना स्थल देखि केही टाढा बाघले दायाँ हात खाएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।