बर्दिया,भदौ २३(फरकसमाचार) / बाँकेको शमशेरगंजमा दुर्घटना हुँदा बर्दियाका सात जनाको मृत्यु भएको छ । दाङको धारापानीबाट भ्रमण सकेर फर्किदै गरेको बस बाँकेको राप्ती सोनारी गाउँपालिका–८ शमशेरगंज स्थित ट्रकमा शुक्रबार राति ठोकिदाँ सात जनाको मृत्यु भएको हो ।
सडक किनारमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरकोे ट्रकमा ना ७ ख २३२१ नम्बरको बस ठोकिँएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ठाकुरबाबा नगरपालिका–९ बेतहनी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु दाङको धारापानी भ्रमण गएका थिए । भ्रमणको लागि रिजर्भ बसमा उपभोक्ता समितिका पदाधिकारीलगायत ४१ जना सवार रहेका थिए ।
दाङ थारु संग्रहालय भ्रमण सकेर घर फर्किदै गरेको बस शुक्रबार राति रोकिराखेको ट्रकमा ठोकिँदा सात जनाको ज्यान गएको छ । रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोकिँदा बाँकेमा सातजनाको मृत्यु भएको छ । दाङबाट भ्रमण गरेर बर्दिया फर्किँदै गरेको ना७ख २३२१ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–८ शमशेरगन्ज नजिकै रोकिराखेको ट्रकमा शुक्रबार राति ठोकिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–८ का ४५ वर्षिय जुग बहादुर चन्द, वडा नंम्बर ९ का ५० वर्षिय काँशिराम थारु, ५० वर्षिय रूपा परियार, ४० वर्षिय जयन्ती थारू,६५ वर्षिय साँधुराम थारु र ५५ वर्षिय कस्तुरी थापा रहेका छन् । त्यसैगरी एक जना गाडी स्टाफको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
बसमा सवार ४१ जना मध्ये ५ जना सकुशल रहेका छन् । २९ जना घाईते रहेका छन् । घाईते मध्ये दुई जनाको अवस्था सिरियस रहेको जनाईएको छ । घाईतेहरुको बाँके स्थित अस्पतालमा उपचार भईरहेको छ ।