गुलरिया बजार क्षेत्रमा आतंक मच्चाएको साँढे नियन्त्रणमा
आइतबार, भदौ २४, २०८० मा प्रकाशित

बर्दिया,भदौ २४ (फरकसमाचार) / दुई दिन देखि गुलरिया बजार क्षेत्रमा आतंक मच्चाएको साँढेलाई नियन्त्रणमा लिईएको छ । बजार क्षेत्रमा हिडडुल गर्ने सर्वसाधारणलाई हिर्काउन खोज्ने साँढेलाई शनिबार नियन्त्रणमा लिईएको हो । शुक्रबार साँझ बर्दिया अस्पताल क्षेत्रमा बाटोमा हिड्ने सर्वसाधारणलाई एउटा साँढेले हिर्काउन खोजेको जानकारी आएको गुलरिया नगरपालिकाका प्रवक्ता एवंम वडा नंम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले बताए ।

‘शनिबार बिहान हुलाक चोक र बंगलामुखी मन्दिर क्षेत्र आसपास बाटोमा हिडडुल गर्ने सर्वसाधारणलाई साँढेले हिर्काउन खोज्यो’ प्रवक्ता  शर्माले भने,‘नगर प्रमुख मुक्तिनाथ यादवको निर्देशन र वडा नंम्बर ७ का वडा अध्यक्ष मनोज कुमार यादवको समन्वयमा नगर प्रहरी र नगरपालिकाका कर्मचारीले तत्काल साँढेलाई नियन्त्रणमा लिएका छन् ।’ नियन्त्रणमा लिईएको साँढेलाई बगलामुखी मन्दिरको परिसरमा बाँधिएको छ ।

साँढेलाई १ सय ६ डिग्री ज्वरो आएको छ । साँढेलाई ज्वरो कम गर्ने सुई लगाईएको छ । भेटनेरी डाक्टरका अनुसार साँढेलाई रेबिज भएको आशंका गरिएको छ । साँढेलाई बचाउँन प्रयास गर्ने प्रवक्ता शर्माले जनाए । डाक्टरसंग समन्वय गरि गुलरिया नगरपालिका–६ को परिसर वा नगरपालिकाको परिसरमा राखेर साँढेको उपचार गर्ने तयारी भईरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर