११५ जनाको निशुल्कमा कान जाँच
बुधबार, भदौ २७, २०८० मा प्रकाशित

बर्दिया,भदौ २७ / निशुल्क प्राथमिक कान उपचार शिविरमा बिरामीले कान जाँच गराएका छन् । आरसि थारु मेमोरियल नगर अस्पताल बारबर्दिया–६ मनिकापुरमा मंगलबार निशुल्क बिरामीले कान जाँच गराएका हुन् ।

१ सय १५ जना कानका बिरामीले शिविरमा कान जाँच गराएको जनाईएको छ । जस मध्ये १० जना कानको अप्रेशन गर्नु पर्ने बिरामी भेटिएको जनाईएको छ ।

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र केन्द्रीय कार्यालय फुल्टेक्रा नेपालगंजको आयोजना र बारबर्दिया नगरपालिकाको समन्वयमा निशुल्क कान शिविर गरिएको हो । निशुल्क प्राथमिक कान उपचार शिविरमा सहायक कान चिकित्सक तिर्थमान थारु र भिषण कुमार थारु बिरामीहरुको कान जाँच गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर