‘अधिकांश बुज्रुक पुर्खौली घर दाङ हेर्न जानु भएको थियो’
बुधबार, भदौ २७, २०८० मा प्रकाशित

बर्दिया,भदौ २७(फरकसमाचार)ठाकुरद्वारा–९ वेतनी सामुदायिक वन उपभोक्ता समितिका तर्फबाट हिँडेको गाडी भित्र बुज्रुकको संख्या अलि बढि थियो । सुरुदेखिनै उहाँहरु उत्साहित हुनुहुन्थ्यो । उहाँहरुको अनुहारमा खुसीको सीमा देखिदैनथ्यो । गाडीमा बसिसकेपछि भने खुसी साट्न अधिकांशलाई भ्याईनभ्याई भयो । भित्रि उदेश्य भने उहाँहरुको भ्रमण मात्र थिएन,गाडी भित्र बस्नेको चाहाना भन्दा बुज्रुकको चाहाना बेग्लै थियो– ‘अधिकांश बुज्रुक पुर्खौली घर दाङ हेर्न जानु भएको थियो ।’

ठाकुरद्धाराबाट भ्रमणका लागि हिँडेको गाडी भित्र वस्ने पाका उमेरका बुज्रुकको कुरा बुझदा झन भ्रमणको योजना बुन्नेहरुमा एक किसिमको उत्साह छायो । रमाईलो यात्रामा सवैले आनन्द नलिई सुख पाएनन् । आफ्ना बाबु सरह उमेरकालाई पुर्खौली थलो घुमाउँन पाउँनु एक अवसरको रुपमा भ्रमणमा सहभागिले लिए । त्यस्तो अवसर ठानेर भ्रमणसँगै निस्केका बुज्रुक र यूवाको जमातमा भईरहेका कुरामा अति मिठास थपिदा बसभरि गुन्जामान नै हुँदा नरमाईलो पल नै थिएन भन्दा पनि हुन्छ ।

मानिस अन्तिम सास नजादा त बचपनामा खाएको मुलको पानीले पिउन पुर्खौली थलोको खोजी गर्ने गरेको तथ्य बैज्ञानिक हिसावले समेत पुष्टि भएको छ । उहाँहरुलाई आफु खेलेको र रमाएको ठाउँ कति ठूलो रहर थियो होला ? बर्सो पहिले दाङबाट झरे पनि पहाड जाने मौका नजुरदा निरासा आखा कहि कतै झिमक्क थिएनन् । भुगोलको हिसावले दाङ टाढा नभएपनि परिस्थिितले टाढा टाढा बनाईरह्यो भन्ने बिषयमा उठेको गफको प्रसंगले उर्जा थपि दिदा यात्रा झन पारिलो घाम झै तातिरह्यो । तराईको पारिलोघाम पहाडले छेकेपछि बस अमिलियाको बाटो अघि बढ्दै जाँदा चाउरी परेको गालामा एक किसिमको रङ देखिएको स्मरण सहभागीमा माझ ताझै छ ।

पहिलो भ्रमणमा सबैले चखौरा स्थित थारु संग्राहलय रोजे । त्यसपछि मन्दिर दर्शन गरेर फर्कदा अमेलिया स्टेशनमा गाडी अडियो । बुज्रुकहरुलाई नास्ता खुवाएर गाडी चालकलाई स्पीड नचलाउँन आग्रह गरिएको थियो ‘पाका उमेरका हुनुहुन्छ स्पीडमा चलाउँदा निदाएको बेला ठोक्किन सक्नु हुन्छ ।’ कुसुम कटेपछि झमक्क रात परेसँगै थकानले अधिकांश अर्ध निन्द्रामा पूग्ने बेला भएको दुर्घटनाले सारालाई रुवाएर खुसी लुटेर लगेको छ । बर्दिया ठाकुरद्धाराबाट दाङ र दाङबाट ठाकुरद्धारा फर्किने क्रममा सात जना मृत्यु हुने गरी भएको विभत्स दुर्घटना सम्झन लायक छैन । बिभत्स तरिकाले भएको दुर्घटनाले गाउँ शोकमा डुवेको छ भने परिवार र आफन्त जनमा आईपरेको आपत्तीको ज्वाला अझै निभेको छैन । मृतकको यादमा अहिलेपनि मनमा छटपटि चलिरहेको छ । तर घटना दैवले रोकिदिएन । हाम्रा आखाभरि आसु छछल्किरहेको छ ।

चट्याङ परेको जस्तो आवाज आयो

गाडी दुर्घटना ग्रस्त हुनु अघि पछिल्लो सिटमा बसेको थिँए । आफू वाचे पनि दुर्घटनाले मन विचलित बनाएको छ । एक्कासी चट्याङ परेको जस्तो आवाज आयो । तत्काल पछिल्लो सिटमा हुने जतिले सिसा फुटायौ र बल्लतल्ल बाहिर फुक्त निस्केका थियौं । चकमन्न रातमा कोलाहल र चिच्चाहाटको आवाज सुनिन्थ्यो । म एनटिएनसिमा कार्यरत कर्मचारी हुँ । बस दुर्घटनाको बेला पहिलो पटक परेपनि जंगलजाँदा बाघको आक्रमण पर्दाको क्षण यसअघिनै पुर्नजन्म दिएको छ । बाघको पंजाबाट त्यतिखेर पनि उद्धार गर्दा क्षण अतातशयि छ ।

यतिबेला पनि त्यस्तै भयो पुर्नजन्मको महशुस गरिरहेको भान भयो । पटक पटक बाचेको मान्छे भएर होला, बसबाट पुत्त निस्कने बित्तिकै मैले हाकीम सावलाई फोन लगाईहाले । फोन उठ्नासाथ घटना विवरण सुनाएर फोन राखे । उहाँले नेपाली सेनाको कर सावलाई फोन गर्नु भएपछि म आफै उद्धारमा खटिए । बसबाट अर्धघाईते अवस्थामा निस्केकाको साथ पाएर हामीले उद्धार गर्दा गर्दै बाँके निकुन्ज सुरक्षार्थ खटिएको सेनासँगसँगै प्रहरी र सशस्त्र प्रहरी पनि घटनास्थल पुगे ।

त्यसकारण दुर्घटना तत्काल उद्धारको प्रबन्ध मिलेको थियो । उद्धार गर्ने क्रममा चालक जिवित थिए । कसरी घटना घट्यो भन्ने समेत हामीले चालक समक्ष कुरा राख्न पनि भ्याईसकेका थियो । चालक भन्दै थिए,‘बिग्रेको ट्रक देखिएन, अर्को साईडको लाईटले छेक्दा घटना भयो ।’ यत्तिकैमा उनलाई पनि एम्बुलेन्समा राखेर पठाईयो । अन्तत ति राम्रो चालक दुर्घटनामा मृत्यु भयो । चालकको बानी चिया बाहेक दिउँसमा केहि खाने बानी रहेनछ ।

घरमा उनी लगायत ८ जनाको खाना रेडि पार्न भनेको थिए । के गर्नु यतिखेर सम्म घटनाले स्तव्ध बनाइरहेको छ । मलाई पनि छाती र खुटामा चोट लागेको थियो । सामान्य अवस्थामा रहेको भनेपछि घर(ठाकुरद्धारा) फर्केको छु । भ्रमणको गाडीमा अधिकांश बुज्रुक हुनुहुन्थ्यो । त्यसैले पनि घर सबैरै पुग्ने चाहाना अधुरो रह्यो । दुखत घटनाले हामीलाई भावविहल बनाएको छ । रुवाएको छ । छपटहाटले खुसी लुटेर लग्यो हामी भ्रमण सहभागी स्तव्ध भएका छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय