बर्दियामा संविधान दिवस भव्य रुपमा मनाउने तयारी
बिहिबार, भदौ २८, २०८० मा प्रकाशित

बर्दिया,भदौ २८(फरकसमाचार)/ जिल्लामा संविधान दिवस भव्य रुपमा मनाउने तयारी भएको छ । जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको उपस्थितीमा संविधान दिवस मनाउने तयारी बारे बुधबार छलफल भएको हो । संविधान दिवस कसरी मनाउने बारे छलफलमा निर्णय समेत गरिएको छ ।

जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा संविधान मुल समारोह समिति गठन गर्ने छलफलमा निर्णय गरिएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते साँस्कृतिक पहिरन झल्किने प्रभातफेरी कार्यक्रम गर्ने निर्णय गरिएको छ । जिल्ला प्रहरी कार्यालय(गणेशमान चोक) देखि जिल्ला समन्वय समितिसम्म प्रभातफेरी कार्यक्रम गर्ने तयारी छ । जिल्ला समन्वय समितिको प्राङ्गणमा हुने कार्यक्रममा सहभागी विद्यर्थीहरुले संविधानको बारेमा सन्देशमुलक प्रस्तुती गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाईले गर्नेछ ।

प्रभातफेरी कार्यक्रममा गुलरियाका ४ वटा विद्यालयबाट २५/२५ जना विद्यार्थी सहभागी गराउने व्यवस्था मिलाईएको छ । असोज ३ गते सार्वजनिक स्थल र घरघरमा दीप प्रज्वलन गर्न जिल्लावासीलाई अनुरोध गरिएको छ । त्यसैगरी संविधान दिवसको अवसरमा असोज २ गते प्रत्येक कार्यालयले सरसफाई गर्ने र असोज २,३ र ४ गते साँझ कार्यालय परिसरमा दीप प्रज्वलन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय