बाघको आक्रमणबाट मृतकका परिवारलाई प्रदेश सरकारबाट १ लाख हस्तान्तरण
शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

बर्दिया,भदौ २९(फरकसमाचार) / बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारबाट राहत स्वरूप रु एक लाख हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका सांसद तथा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले डिभिजन वन कार्यालय बर्दिया मार्फत मृतकका परिवारलाई ‘पीडित सँग प्रदेश सरकार राहत कार्यक्रम’ अन्तर्गत एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

मधुवन नगरपालिका– ३ भग्रैयामा भाद्र २२ गते बाघको आक्रमणबाट कली बंशीको मृत्यु भएको थियो । लुम्बिनी प्रदेश सरकारबाट पाउने राहत रकम डिभिजन वन कार्यालय मार्फत बिहीबार हस्तान्तरण गरिएको साथै क्रमिक रुपमा बाकि रकम समेत पाउने सांसद तिमिल्सिनाले बताए ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री आर्थिक विकास कोषबाट विपन्नलाई सहयोग गर्न सक्ने खालको कार्यक्रम ल्याउदै गरेको समेत सांसद तिमल्सिनाले बताए । तिमल्सिनाले मृतकका छोरालाई १२ कक्षासम्म पढ्न जे जति रकम लाग्छ सम्पुर्ण खर्च आफुले जिम्मा लिएको समेत प्रतिबद्धता गरे ।

कार्यक्रममा मधुवन नगरपालिकाका नगर उप–प्रमुख अनिता चौधरी, डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल बन अधिकृत प्रविण विडारी, वडा अध्यक्षहरु मीन बहादुर थापा, नारायण मल्ल, डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृतहरु, खाता सामुदायिक वन समन्वय समितिका पदाधिकारीहरु, नेपाल प्रेस युनियन बर्दिया शाखा अध्यक्ष दीपकलाल श्रेष्ठलगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय