बर्दिया,भदौ ३१(फरकसमाचार) / गुलरियामा नवनिर्मित केरा पकाउने च्याम्बर उद्घाटन गरिएको छ । गुलरिया नगरपालिका–५ स्थित नवनिर्मित केरा पकाउने च्याम्बर उद्घाटन गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन इकाई बर्दिया र हेफर इन्टरनेशनल नेपालको सहयोगमा च्याम्बर निर्माण भएको छ । पोष्ट हाभेष्ट सेन्टर स्थापना कार्यक्रम अन्र्तगत च्याम्बर निर्माण गरिएको हो । च्याम्बरको संचालन दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले गर्नेछ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको रु १० लाख, हेफर इन्टरनेशनल नेपालको रु १२ लाख र सहकारीको लगानी रु २ लाख ४६ हजार ५ सय २२ गरि जम्मा रु २४ लाख ४६ हजार ५ सय २२ लागतमा च्याम्बर निर्माण भएको छ ।
च्याम्बरमा एक पटकमा ७ सय ५० क्यारेट केरा पकाउन सक्ने क्षमता रहेको जनाईएको छ । व्यापारीले केरा पकाउँदा प्रति क्यारेट रु ५० लाग्ने जनाईएको छ ।
च्याम्बर उद्घाटन कार्यक्रममा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकाल, अध्यक्ष शुरेश गौतम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख कृष्ण धिताल, हेफरका प्रतिनिधि प्रदिप पौडेल लगायत उपस्थिति रहेको थियो ।