बर्दिया,भदौ ३१ / आगलागी पिडितलाई नवनिर्मित घर हस्तान्तरण गरिएको छ । मधुवन नगरपालीका–१ कैलाशीका आगलागी पीडित परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको हो । उत्साह नेपाल बाँकेको करिव १० लाख बराबरको आर्थिक सहयोगमा घर निर्माण भएको छ ।
उत्साह नेपाल बाकेको सहजीकरणमा आगलागीबाट पूर्णक्षती भएका ८ घर परिवारका बिहीबार नवनिर्मित घर हस्तान्तरण गरिएको छ ।
गत बैशाख २८ गते आएको हावाहुरी पछि भएको आगलागीबाट पूर्ण रुपमा नष्ट भएका ८ घरपरिवारलाई एक कार्यक्रमका विच नेपाली काग्रेंसका लुम्बिनी प्रदेश सचेतक एवम बर्दिया क्षेत्र नम्बर २(क)का प्रदेश सांसद जन्मजय तिमील्सेनाले घर हस्तान्तरण गरेका छन् ।
यस्ता किसीमको कार्य गर्ने सरकारको उत्तरदायीत्व भए पनि उत्साह नेपाल बाँकेले आगलागीबाट क्षति भएको घर निर्माण गर्न आर्थिक सहयोगका साथ सहजिकरण गरेकोमा धन्यवादको भागिदार रहेको सांसद तिमिल्सेनाले बताए ।
मधुवन नगरपालिका–२ का स्थानीय कृष्ण परियारले हामीलाई आगलागी हुने वित्तीकै जानकारी गराएको उत्साह नेपाल बाँकेका प्रमुखले खड्ग बहादुर घर्तिले बताए । परियार कै सहजीकरणमा नै घर बनाउन ८ घर परिवारलाई करिव १० लाख बरावरको सामाग्री र रासन हस्तान्तरण गरेको उनले जनाए । कार्यक्रममा मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरी, बडा नं १ का बडा अध्यक्ष मिन थापा लगाएत स्थानीयहरुको उपस्थीती रहेको थियो ।