दिनेश ठाकुर
बर्दिया,भदौ ३१ (फरकसमाचार)/ यतिबेला मधुवन नगरपालिका–४ मुक्त कमैया वस्ती अध्यारोले छोपेको छ । मुक्त कमैयाका वयस्क छोरा राम विकास चौधरी विस्तारामा पल्टिरहेका छन् । ढाड भाच्चिएर विस्तारामा पल्टिएका २५ बर्षिय यूवकलाई देख्ने जो कोहि पनि रुन्छन् । विपन्नताको आशु कस्ले पुछिदिने पखाइमा बसेका परिवारको भगवानको साहारा बाहेक अरु केहि छैन । एक्ला छोरा ति यूवकको स्याहारमा बाबु आमाको दिन वित्ने गरेको छ । जसले गर्दा परिवारमा बिहान र साझको जोहो गर्न हम्मे हम्मे छ । बिपन्नताले उपचारका नहुदा रोएर वस्नुको विकल्प छैन ।
यतिबेला राम बिकास चौधरीको उपचारको लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । मधुबन नगरपालिका– ४ थारापुरवा माचडमा बस्ने दयाराम थारु र मनुदाशि थारुका २५ बर्षिय छोरा रामबिकास चौधरी बिगत एक बर्ष देखि बिस्तरामा थलिएका छन् । गत बर्ष साउन ४ गते राम बिकास बाख्रालाई घाँस काट्ने क्रममा रुखबाट लडेर ढाड भाँच्चिएर बिस्तरामा थलिएका हुन् ।
छर छिमेक, नातापाता सबैसंग सहयोग मागेर सकिएको जति उपचार गरिएको आमा मनुदासि थारुले बताउछिन् । आर्थिक अभावका कारण छोरालाई थप उपचार गर्न नसकिएपछि घरमा ल्याएर राखेको उनि बाताउछिन् । ‘पैसा भए उपचार हुने नभए उपचार नहुन डक्टरहरुले भने पछि घर ल्याएर राखेका छौ,’ उनले भनिन । छोराको भेरी अस्पताल नेपालगंजमा उपचार गर्दा मुक्क्त कमैयाबाट पाएको ५ कट्ठा जग्गा घर सबै जाने अवस्था आई सकेको उनले दुखेसो गरिन् ।
एउटा छोरीको बिहे भैसकेको भएको एउटा छोरा पनि ढाड भाँच्चिएर बिस्तरामा धेरै समस्या भएको बुवा दयाराम थारु बताउछन् । बिगत एक बर्षदेखि छोरा बिस्तरामै दिशा पिसाव गर्ने हुदा धेरै समस्या भएको बताउछन् । आफ्नो छोरालाई बचाईदिन सबैसंग आग्रह पनि गरेको छन । यति बेला पोखरा स्थित अस्पतालमा उपचार निशुल्न गर्ने आश्वासन पाएका उनीहरुसँग पोखरा पुराउँने खर्च छैन । उपचार गर्दा लामो समय लाग्ने भनेपछि परिवार विलखबन्दमा परेको छ ।
आफुसंग भएको पुरै सम्पति र यताउताबाट चन्दा उठाएर उपचार गर्दा पनि सन्चो नभएको मधुवन वडानं. ४ का पुर्व वडा उध्यक्ष बिन्तिराम थारु बताए । शरिमा ठुला ठुला घाउहरु छन । ढाड भाँचिएको छ । ढाडको अपरेसन भएपनि घाउहरु सन्चो नभएको अवस्था छ । एकदम नाजुक अवस्था रहेको छ । मधुवनका नेता सुरेश पन्तले पोखराको एक अस्पतालमा उपचारको सबै व्यवस्था अस्पतालसँगको समन्वयमा उपचार गरिदिने भएको छन । बिरामीलाई पोखरा लान तथा उपचार अवधिभर कुरुवाको खर्च नहुदा समस्या भएकोमा सबैमा सहयोग गरिदिन हुन अनुरोध गरेका छन ।
उनलाई सहयोग गर्न चाहनेले नेपाल बैक लिमिटेडमा रहेको रामबिकास चौधरीको खाता नं. १५१०१६०७३८६५१७०००००१ मा तथा आमा मनुदासि थारुको खाता नं. १५१०११०७१८७२१५०००००१ मा सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेका छन् ।