भेस्टिज गिरोहको चलाखीमा सर्वसाधारण फस्दै
सोमबार, असोज ०१, २०८० मा प्रकाशित

गिरोहले सर्वसाधारणसँग उठाएको रकम फिर्ता गराईदिन पर्नेे माग

बर्दिया,असोज १(फरकसमाचार)/ नेटवर्क मार्फत प्रोडक्ट वेच्न प्रोत्साहन गर्न भारतबाट आउँने प्रशिक्षक शुल्क तिर्न सयौं सर्वसाधारणसँग उठाएको तीन सय रुपैया असुल गरेर पुनःभारतीय भेस्टिज प्रालि मार्फत संचालन भईरहेको फुडसप्लिमेन्टका गिरोह सम्र्पक बिहिन भएका छन् । फरक समाचारमा फुडसप्लिमेन्टको नाममा नेटवर्किङ मार्फत भईरहेको अबैध व्यबसायको प्राथामिकताका साथ समाचार प्रकासित हुन थालेपछि सर्वसाधारणसँग प्रशिक्षण शुल्क भनेर उठाएको रकम लिएर बेपत्ता भएका सर्वसाधारण गुनासो गर्छन् । तीन सय रुपैया लिएर गुलरिया स्थित कृष्णसार रिसोर्ट प्रालिमा धुमधामसहित भारतीयले प्रशिक्षण गर्ने कार्यक्रम लगातारको फरक समाचारको फ्लोअप रिपोटिङले स्थगन भएको कार्यक्रमक शुल्क उठाएर सम्र्पक बिहिन भएका हुन् ।

प्रहरी,प्रशासन र संचारकर्मीलाई छक्काएर झुटको खेति गर्न गरिने कार्यक्रम भईरहेको हल्ला भएपछि पक्राउँ पर्ने त्रासले नाईकेको यतिखेर भागाभाग भएको छ । सुगर, क्यान्सर, हात्तीपाईले जस्ता दिर्घ रोग सन्चो गरिदिने बाँचा गर्दा फसेका पिडित विरामीका अभिभावकको गुनासो व्याप्त छ ।

त्यसबाहेकका भारतको काशि क्षेत्रमा बनेका उत्पादन उपयोगी र बहुमूल्य भन्दै चियापत्ति, सावुन, परिफिम लगायतका घरायसी सामान बजार भन्दा तीन गुणा मंहगोमा सर्वसाधारणले किन्दा गाई वस्तु बेच्न बाध्य छन् । ‘जिन्दगिभर पालेको रोग दश हजारमा सन्चो हुन्छ भनेपछि पटक पटक गरी फुडसप्लिमेन्टको औषधि खादा गाई वस्तु वेच्नु बिकल्प रहेन’एक पिडितले भने,‘अरुलाई यसरी नफसाईयोस भन्ने हो ।’

जिल्लाबाट उठेको लाखौ रुपैँया भारतीय गिरोहले लिएर हिडिसकेको खुलेको छ । भारतबाट आएकालाई प्रशिक्षक वा डाक्टरलाई पोस्न नेपाली सर्वसाधारणसँग उठाएको रकम लिएर सम्र्पक बिहिन भएका गिरोहलाई प्रशासनले खोजी गरिदिन माग गरेका छन् । सोझसाझालाई भुक्काएर क्यान्सर सम्मका फुडसप्लिमेन्टका नाममा दिईने औषधि बिक्रि वितरण गर्न रोक लगाउँन पर्ने सर्वसाधारणको माग छ ।

यसरी प्रत्येकसँग फुडसप्लिमेन्टका प्रोडक्ट जानकार गरायन उठाएका रु तीन सय रुपैया फिर्ता गराईन दिन प्रशासन समक्ष अनुरोध गरेका छन् ।

गुलरिया बजारमा विस्तार गरिरहेका एजेन्टले खरिद गरेका फुडसप्लिमेन्टका नाममा औषधि दिएर पैसा असुलि व्यबसाय गिरावट भएपछि गाउँमा दिर्घ रोगी खोज्दै ग्रामिण क्षेत्रका सोझासोझालाई फसाईरहेको स्रोतको दाबी छ ।

गाई वस्तु वेच्न लगाएर भारतबाट संचालित दिल्ली स्थित भेस्टिज प्रालिका उत्पादन बाणिज्य विभागको अनुमति लिएर बनाएका एजेन्टले सोझासाझा फसाईरहेको दाबी पिडितको छ । गिरोहले सदस्य बनाएकाले ७ हजार औषधि किन्न पर्ने र ७ वटा सदस्य आफु जस्तै प्रत्येक ६÷६ जना बनाएपछि (पिभि)कमिसन बन्ने प्रलोभन नेपाली यूवा र यूवति फस्दै गईरहेका छन् । प्रहरीले झोलामा राखेर गोप्य रुपमा वेच्न सीमा क्षेत्रका बजार र गाउँ गाउँ पुग्नेका बिशेष निगरानी बढाएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार एजेन्टले भ्याट सहित उत्पादन खरिद गरेपनि सदस्यलाई वेच्दा भ्याट छलेर वेचिरहेको समेत नियामक निकायले निगरानी बढाएको छ ।

नेटवर्किङ मार्फत अबैध धन्धा विषयमा पटक पटक समाचार प्रकासित गरेपछि सम्बद्ध व्यक्तिलाई सम्र्पक आएर कागज पत्र दिन भनेपनि अटेर गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘बिभागसँग यस्ता किसिमका व्यबसायका बारेमा जानकारी लिईरहेको छु’उनले भने,‘संजाल बनाएर गरिने व्यबसायलाई अबैध भनेर ऐनमा उल्लेख गरेको छ ।’ नेटकवर्क गिरोहको भईरहेको सुक्ष्म अनुसन्धान पछि सबै कुरा खुल्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय