दीपकलाल श्रेष्ठ
बर्दिया,असोज २ / मधुवनको खाता कोरिडोर क्षेत्र नजिक खेतमा देखिएको बाघ नियन्त्रणमा लिन मधुवन नगर प्रमुख तेजबहादुर भाटले अनुरोध गरेका छन् ।
आज मंगलवार बिहान मधुवन नगरपालिकाको बडा नं ३ को बिपदपुर स्थित खेतमा बाघ देखेपछि त्रसिद हुदै स्थानीयहरुले प्रहरी र नगर प्रमुख भाटलाई खबर गरेका थिए । खेतमा बाघ देखिए पछि स्थानीयहरुमा त्रासदी पैदा भयो र सबै स्थानीयलाई आ–आफ्नो घर मै सुरक्षित साथ बस्न मधुवन नगरपालिका नगर प्रमुख भाटले अनुरोध गरेका छन् ।
खबर पाए लगत्तै नगर प्रमुख भाटले डिभिजन वन कार्यालय बर्दिया, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण रिसाल, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष ( एनटिएनसि) र प्रहरीलाई जानकारी गराई बाघ गाउँ बस्न सक्ने भन्दै बाघ नियन्त्रणमा लिन अनुरोध गरेका छन् ।
बाघबाट फेरि पनि माननिय क्षति हुने सम्भावना रहेकोले बाघ नियन्त्रण लिनु पर्ने नगर प्रमुख भाटले भने । जनताको जीवनसंग कुनै पनि किसिमको हेल्चक्राई हुन दिने छैन, अनिवार्य रुपमा बाघ नियन्त्रणमा लिन डिभिजन वन कार्यालय बर्दिया, प्रमुख जिल्ला अधिकारी, बर्दिया राष्ट्रिय निकुञ्ज र एनटिएनसिलाई अनुरोध गरेको समेत भाटले जनाए । केहि दिन अघि मात्र पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो ।
बाघ अनुगमनका लागि डिभिजन वन कार्यालय बर्दिया, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज र एनटिएनसिबाट हात्ती सहितको टोलीद्वारा खाता कोरिडोर क्षेत्रमा बाघको खोजतलास भईरहेको र बाघ रहेको स्थानमा पुगेर बाघको अवस्था हेरि आक्रमण किसिमको बाघ रहे नियन्त्रणमा लिने बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताए । नजिकको वनमा बाघ रहेको भनिएको क्षेत्र नजिकका स्थानीयहरुलाई प्रहरीले घर मै बस्न अनुरोध समेत गरेको छ ।
केहि दिन अघिको बाघको आक्रमणबाट मृत्यु भएको महिलाको संख्या गरि डिभिजन वन कार्यालय बर्दियाको क्षेत्र भित्रमा हाल सम्म १७ जना मानिसको बाघको आक्रमणबाट मृत्यु भएको छ ।