कुडिया नदीमा गोही देखियो
बुधबार, असोज ०३, २०८० मा प्रकाशित

बर्दिया,असोज ३(फरकसमाचार) / गुलरिया नगरपालिका–७ कुडिया नदी (सर्जुनदी)मा गोही देखिएको छ । विगत दुई तीन दिन देखि कुडिया नदीमा गोही देखिन थालेको हो । कुडिया नदीमा दुई तीन दिन देखि लगातार गोही देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । गोही हेर्नेको भिडभाडसमेत लाग्ने गरेको छ ।

कुडिया नदीमा माछा मार्ने, घोगी निकाल्ने र बालबालिकाहरु नुहाउने भएकोले गोहीले आक्रमण गर्न सक्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।

दुई तीन दिन देखि लगातार गोही देखिन थालेको स्थानीय लिल्ली धोबीले बताए । ‘यस नदीमा गोही थिएन’ उनले भने,‘ अन्य स्थानबाट गोही आएको अनुमान छ ।’ नदीमा गोही देखिन थालेपछि नदीमा ननुहाउन बालबालिकालाई उनले आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय