बाघको मुभमेन्ट हेर्न पाँच ठाउँमा क्यामरा राखियो
बुधबार, असोज ०३, २०८० मा प्रकाशित

बर्दिया,असोज ३(फरकसमाचार) / मधुवन नगरपालिका–३ बिपदपुर स्थित खेतबारीमा देखिएको पाटे बाघलाई नियन्त्रणमा लिन संम्भावित पाँच ठाउँमा क्यामरा राखिएको छ । खेतबारीमा देखिएको बाघलाई नियन्त्रण लिन मंगलबार पाँच ठाउँमा क्यामरा राखिएको हो । खेतमा बाघ देखिए पछि स्थानीयहरु त्रसित बनेका छन् ।

बाघ नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसि)को संयुक्त टोली खटिएको छ । मंगलबार बाघलाई नियन्त्रणमा लिन हात्तीसहितको टोलीले प्रयास गरेपनि सफल भएन ।

मंगलबार बिहान बिपदपुर स्थित खेतबारीमा बाघ देखिएपछि नियन्त्रणमा लिन तत्काल समन्वय गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले बताए । ‘बाघलाई नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोलीले धेरै प्रयास गरेपनि सकिएन’ सुचना अधिकारी शर्माले भने,‘खेतबारी देखिएको बाघ खाता क्षेत्रमा रहेको सिर्जनशिल सामुदायिक वनमा पस्दा दिउँसोसम्म देखियो ।’ तर नियन्त्रणमा लिनको लागि हात्तीसहितको प्राविधिक टोलीले मोनेटरिङ गर्दा भेटिएन ।

बाघ नभेटिएपछि पछिल्लो पटक देखिएको र निस्कन सक्ने सम्भावित ठाउँमा पाँच वटा क्यामरा राखिएको छ । बाघ नियन्त्रणमा लिन खटिएको हात्तीसहितको टोली मंगलबार रातभरि क्याम्प राखेर त्यहि स्थानमा बस्ने सुचना अधिकारी शर्माले जनाए । संयुक्त टोलीले त्यस स्थानमा रातभरि गास्ती गर्नेछन् । बुधबार बिहान राखिएका क्यामरा हेर्ने छौं । यदि क्यामरामा बाघको मुभमेन्ट देखियो भने त्यसको लोकेशन पत्ता लगाई तत्काल नियन्त्रण लिने योजना छ । यदि बाघको मुभमेन्ट क्यामरामा देखिएन सुरक्षित स्थान जंगलतिर गयो भने नियन्त्रणमा लिने हाम्रो अप्रेशन रोक्ने डिभिजन वन कार्यालयका सुचना अधिकारी शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय