बर्दियामा २५ जना कैदीबन्दीहरुको कैद मिनाहा
बिहिबार, असोज ०४, २०८० मा प्रकाशित

बर्दिया, असोज ४ (फरकसमाचार)/ संविधान दिवसको अवसरमा २५ जना कैदीबन्दीहरुको कैद मिनाहा भएको छ । संविधान दिवसको अवसरमा २५ जना पुरुष कैदीबन्दीहरुको कैद बुधबार मिनाहा भएको हो ।

कारागारमा कैद सजाय भोगिरहेका २५ जना कैदीको कैद मिनाहा भएको कारागार कार्यालय बर्दियाका प्रमुख जेलर कासी प्रसाद पंगेनीले बताए । लुम्बिनी प्रदेशमै सबै भन्दी बढी बर्दिया कारागारबाट कैदीबन्दीहरुको कैद मिनाहा भएको सुनाए ।

‘चोरी, चोरी शिकारी, बहुविवाह जस्ता मुद्दामा सजाय भुक्तान गरिरहेका कैदीहरुको सजाय मिनाहा भएको छ’ जेलर पंगेनीले भने,‘४० र ५० प्रतिशत सजाय भुक्तान गरिसकेका कैदीहरुको कैद सजाय मिनाहा भएको छ ।’

तोकिएको कैद सजायको ४० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका ८ जना र ५० प्रतिशत सजाय भुक्तान गरिसकेका १७ जना कैदीहरुको कैद सजाय मिनाहा भएको जेलर पंगेनीले जानकारी दिए । जेलर पंगेनीका अनुसार अब कारागार कार्यालयमा ४८ जना महिला र महिला कैदीसंग रहेका ४ नबालक छन् भने ३ सय ८६ जना पुरुष कैदीबन्दी रहेको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय