विद्यार्थीलाई यातना, भाषणमा दलिय नेता व्यस्त
बिहिबार, असोज ०४, २०८० मा प्रकाशित

संविधान दिवसमा फितलो व्यवस्थापन

बर्दिया,असोज ४ (फरकसमाचार)/ असोज ३ गते संविधान दिवसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न गुलरिया बजारमा प्रभात फेरी गरियो । जिप्रका गाणेशमान चौक देखि निस्केको प्रभात फेरी कार्यक्रममा तय गरिएको तीन किलोमिटर यात्रामा छात्र र छात्राले साथ दिए । अन्तत ति छात्रा र छात्रले यातना पाएको देख्ने कोहि भएनन् । प्रभात फेरीमा निस्केका ठूला बडा कुर्सीमा बसे, छात्र र छात्रा भाषण नसकिदा सम्म उभिएर कष्ट काटे । दुई घन्टा लगातार भाषण सुन्न उभिदा यातना दिए सरह भयो ।

डेगु संक्रमण फैलिरहेको बेला लामखुट्टेको टोकाई खप्न बिबश हुँदा कसैको ध्यान आर्कषण भएन । भाषण सुन्न अनिवार्य गरिएका कारण छात्र र छात्रा कठिन परिस्थितिको सामना गर्न पर्यो ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमको व्यवस्थापन फितलो देखियो । कार्यक्रममा सहभागी गराईएको अनुसारको व्यवस्थापन नहुँदा संविधान दिवस मुल समारोह समितिको चौतर्फी अलोचना पनि भयो ।

कार्यक्रममा ठुला बडा र राजनीतिक दलका प्रतिनिधिहरुको लागि कुर्सीको व्यवस्था गरिएको थियो भने विद्यार्थीलगायत अन्य सहभागीहरुलाई बाहिर प्राङ्गणमा २ घण्टा उभाएर संविधान दिवसको कार्यक्रम सम्पन्न गरिएको छ । दुई घण्टा घासैघासको प्राङ्गणमा विद्यार्थी उभिदाँ निकै कष्टकर महसुस गरेका थिए ।

कार्यक्रम जिल्ला समन्वय समितिको सभाहल बाहिर गरिएको थियो । झाडी सफाई नगर्दा बर्खाका घाँस विस्तार भएको छ । तर कार्यक्रममा सहभागी गराईएका विद्यार्थीहरु दुई घण्टा बाहिर उभाईयो । कार्यक्रम गरिएको जिससको प्राङ्गण पनि सरसफाई थिएन । सहभागी विद्यार्थीलाई लामखुट्टेले टोकेको देखेर स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले लामखुट्टेलाई धपाउँन पटक पटक संकेत गरिरहेको देखिन्थ्यो ।

विद्यार्थीहरुलाई झाडीको किनारमा उभाईएको भन्दै शिक्षक निरज कर्णले व्यवस्थापन राम्रो नभएको प्रति विरोध जनाएका थिए । शिक्षक कर्णले व्यवस्थापन राम्रो नभएको कुरा मुल समारोह समितिसम्म पुगाए पनि कुनै सुनुवाई नभएको उनले प्रतिक्रिया दिएका थिए ।
बिहान ७ बजे गणेशमान चोकबाट जिल्ला समन्वय समितिसम्म प्रभातफेरी निकाल्ने कार्यक्रमको सेडुल थियो । बिहान गणेशमान चोक देखि पौने ८ बजे प्रभात फेरी निकालिएको थियो । निकालिएको प्रभात फेरी करिब ८ बजे जिल्ला समन्वय समितिको प्राङ्गणमा कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुलाई भाषण गर्न माईक्रोफोन हस्तान्तर गर्दा कार्यक्रम झन् लम्बिएको थियो । कार्यक्रममा नेकपा एमाले, काँग्रेस र माओवादीका प्रतिनिधिहरुलाई शुभकामना मन्तव्य राखेका थिए ।

प्रभातफेरी कार्यक्रममा गुलरियाका ४ वटा विद्यालयबाट २५/२५ जना विद्यार्थी सहभागी गराउने जिम्मा शिक्षा विकास तथा समन्वय इकाईकी प्रमुख रेविका अमात्यलाई दिइएको थियो ।

हामी आफैले आफुलाई शासन प्राप्त गर्ने संविधान प्राप्त गरेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘प्राप्त गरेको संविधानले एउटा गन्तव्य निश्चित गरेको छ’प्रजिअ रिसालले भने,‘संविधानले निश्चित गरेको गन्तव्यमा पुग्न हामी अलमलिएका छौं, जस्तो लाग्छ ।’ जनताले चाहना गरेका अभिलासा थियो तत्कालै विकास,समृद्धि र जिवन स्तर सुधार गर्ने विषयहरु थिए ।

उक्त विषयमा हामी अलि पछाडि परेका छौं । जसले गर्दा संविधानले हामीलाई के दियो भन्ने प्रश्न जनताले गर्ने अवस्था छ ।संविधानले दिएको अधिकार र कर्तव्यसंगै हामीलाई तोकिएको जिम्मेवारीमा कति जिम्मेवार भएका काम गरिरहेका छौं । ‘एक दिनको संविधान दिवस भन्दा ३ सय ६५ दिन नै संविधानको कानुन र दिएको जिम्मेवारी अनुसार सबैले काम गर्नु पर्छ’ प्रजिअ रिसालले भने,‘अनि मात्र संविधानले निर्दिष्ट गरेको गन्तव्य तर्फ जान सकिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर