कृषि तथा पशुपन्छी बिमा सचेतना कार्यक्रम
शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित

बर्दिया,असोज ५(फरकसमाचार) / बारबर्दिया नगरपालिकामा कृषि तथा पशुपन्छी बिमा सचेतना कार्यक्रम गरिएको छ । एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडले बारबर्दिया नगरपालिकाको जयनगरमा कृषी तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम बिहीबार गरेको हो ।

यस्ता सचेतनामुलक कार्यक्रमले स्थानीय किसानहरुले बिमाको बारेमा राम्रोसंग बुझ्ने बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डेले बताईन् । ‘बिमा दावी गर्ने प्रक्रिया झनझटिलो छ’ उप–प्रमुख पाण्डेले भनिन्,‘यस्तो झनझटिलो प्रक्रियालाई सहज बनाउनुपर्छ ।’ पालिकाको तर्फबाट सहयोग र सहकार्य गर्ने उप–प्रमुख पाण्डेले भनाई राखिन् ।

कृषि बिमा कार्यक्रमबाट कृषकलाई लाभ उठाउन बारबर्दिया नगरपालिकाका पशु शाखाका प्रमुख दिपक राज थापा र कृषि शाखाका प्रमुख झलक राज खड्काले अनुरोधसमेत गरे ।

बिमा सचेतना कार्यक्रममा बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्ना कुमारी पाण्डे, एनएलजी ईन्स्योरेन्स कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठ, बारबर्दिया नगरपालिका–४ का वडा अध्यक्ष सिताराम योगी, कृषी शाखाका प्रमुख झलक राज खड्का, पशु शाखाका प्रमुख दिपक राज थापा, महिला बालबालिका बिकास शाखाकी प्रमुख उषा पुनलगायतको सहभागीता रहेको थियो ।

एनएलजी ईन्स्योरेन्स कम्पनी बर्दिया शाखाकी शाखा प्रमुख अनु हमालले स्वागत मन्तव्य राखेकी थिइन् भने बजार प्रतिनिधी कल्पना थापाले कार्यक्रम संचालन गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय