आइतबार, असोज ०७, २०८०
मा प्रकाशित
1516
Shares
बर्दिया,असोज ७(फरकसमाचार) / माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
माटोको ढिस्कोले पुरिएर मधुवन नगरपालिका–३ का ६० वर्षिय भदैया थारुको शनिबार बिहान मृत्यु भएको हो ।
घरको लागि माटो लिन गएको बेला माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले बताए । ‘माटो खन्ने क्रममा ढिस्कोले पुरिएर ज्यान गएको देखिन्छ’डिएसपी अर्यालले भने,‘उक्त घटना बारे थप अनुसन्धान भईरहेको छ ।’