बर्दिया,असोज ७(फरकसमाचार)/ लुकाई छिपाई राखेको अबैध काठ र भारतबाट अबैध रुपमा ल्याईको सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–९ खालेपुरवा स्थित बुढीनालाको किनारमा लुकाई छिपाई राखिएको ३४.०२ क्युफिट पपुलर जातको काठ प्रहरीले शुक्रबार बरामद गरेको हो ।
त्यसैगरी गुलरिया नगरपालिका–६ स्थित सोही ठाउँ बस्ने ५० वर्षिय बाबुलाल गुप्तालाई अबैध सामानसहित प्रहरीले नियन्त्रणमा लिएको छ । गुप्ताले भारतीय नंम्बरको प्लेट युपी ४० जे ४७४२ को मोटरसाईकलमा अबैध सामान ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको हो ।
मुल्य रु १५ हजार ३ सय १६ बराबरको भाँडा वर्तन र सो सामान ल्याउन प्रयोग गरिएको भारतीय नंम्बर प्लेटको मोटरसाइकल मुल्य रु २५ हजार गरी जम्मा मुल्य रु ४० हजार ३ सय १६ बराबरको सामान बरामद भएको छ ।
सामानसहित गुप्तालाई राजापुर भन्सार कार्यालय गुलरियामा र बरामद काठ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।