माछा जोनको संयोजकमा लुईटेल निर्बिरोध चयन
आइतबार, असोज ०७, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,असोज ७/ माछा जोन समन्वय समितिको संयोजकमा ईन्द्र प्रसाद लुईटेल निर्विरोध चयन भएका छन् । जिल्ला स्तरीय माछा जोन समन्वय समितिको दोस्रो अधिवेशनले शनिबार संयोजकमा लुईटेललाई निर्विरोध चयन गरेको हो ।

माछा पालक किसानहरुको लागि अनुदानको कार्यक्रममा सहजीकरण गर्ने उदेश्यले समन्वय समिति गठन गरिएको छ । सहसंयोजकमा शुशिला गिरी,सचिवमा चन्द्र प्रकाश लम्लास, सहसचिवमा बिराट केसी, सदस्यमा गम्पति रिजाल, बिमला पौडेल, निम प्रसाद थारु, दयाराम खड्का र बिष्णु काफ्ले रहेका छन् । यस समितिको कार्यकालको अवधि दुई बर्षको हुनेछ ।

कार्यक्रमको समन्वय तथा संचालन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइका नायव प्राबिधिक सहायक पदम राज पाण्डेले गरेका थिए ।

निबर्तमान समन्वय समितिका संयोजक पुष्प राज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका करिब एक सय जना माछा पालक किसानहरूको सहभागीता रहेको थियोे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगतको परियोजना इकाईको समन्वयमा भएको कार्यक्रममा निबर्तमान समन्वय समितिका सचिब गणेश लम्सालले गत कार्यकालमा समितिले गरेका क्रियाकलापको प्रतिबेदन प्रस्तुत गरेका थिए । जिल्लाको बढैयाताल, बासगढि, बारबर्दिया, गुलरिया, मधुबन र ठाकुरद्वाराको स्थानिय निकायमा माछा जोन कार्यक्रम संचालन रहेको जानकारी गराईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय