अबैध सामान र कुखुरासहित तीन जना नियन्त्रण
सोमबार, असोज ०८, २०८० मा प्रकाशित

बर्दिया,असोज ८(फरकसमाचार) / भारतबाट भन्सार छली ल्याउँदै गरेको सामान र कुखुरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–३ कट्टी गाउँ र वडा नंम्बर ९ मथुरा स्थितबाट प्रहरीले अबैध सामान र कुखुरासहित तीन जनालाई शनिबार नियन्त्रण लिएको हो । सामान र कुखुरासहित पक्राउ परेका तीन जनाको प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

तीनै जनाको साथबाट मुल्य रु ८१ हजार ७ सय ५० बराबरको चिनी, घाँसको बिउँ, ब्रोईलर कुखुरा तथा सोही सामान ल्याउन प्रयोग गरिएका ३ थान साईकल बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित दुई जनालाई राजापुर भन्सार कार्यालय र बरामद कुखुरासहित एक जनालाई पशु क्वारेन्टाईन कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय