जातीय भेदभाव गर्नेलाई कानुनी दायरामा ल्याउने : प्रजिअ रिसाल
सोमबार, असोज ०८, २०८० मा प्रकाशित

बर्दिया,असोज ८(फरकसमाचार) / छुवाछुत तथा जातीय भेदभाव गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजले आयोजना गरेको छुवाछुत तथा जातीय भेदभाव विरुद्धको अधिकार कार्यान्वयन अवस्था र सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा आइतबार प्रजिअ रिसालले यस्तो बताएका हुन् ।

अहिले कुनै जातीमा जन्म लिएकै आधारमा भेदभाव गरि कुनै कुराबाट बञ्चित गरिन्छ भने यो लज्जाको विषय रहेको प्रजिअ रिसालले बताए । ‘संविधान र कानुनको हिसाबले हामी सबै सामान छौं’ प्रजिअ रिसालले भने,‘कानुनले कसैलाई विभेद गरेको छैन ।’ यदि अझै पनि कसैले विभेद गर्छ भने दन्डनीय कसुर हो । सार्वजनिक वा कुनै पनि स्थानमा कसैले विभेद गर्छ भने त्यस्तालाई कारवाही हुन्छ । जिल्लामा छुवाछुत भएर कानुनी उपचार खोज्न आएको तथ्यांक नरहेको सुनाए । समाजमा छुवाछुत र भेदभावका घटना नभएका हुन की कानुनी प्रक्रियामा नआएको एकिन छैन ।

सेवा प्रर्वाह र न्याय सम्पादनमा पनि विभेद नरहेको प्रजिअ रिसालले दावी गरे । ‘सेवा प्रर्वाह गर्दा कुनै जातजाती, धर्म र भाषा कुनै आधारमा विभेद गर्दैनौ’प्रजिअ रिसालले भने,‘यो अवस्थामा आइपुग्नु सुदख हो ।’ समाज पहिला भन्दा अहिले सुधारको क्रममा छ । यति भनिरहँदा विभेद मुक्त समाज निर्माण भयो भन्ने अवस्थामा अझै पुगेका छैनौ । अहिले नागरिक तहमा विभेद रहेको छ । कहि विभेद भएको छ भने कानुनी कारवाहीको प्रक्रिया पनि अघि बढाईएकै अवस्था छ । यस्ता छुवाछुत र जातीय भेदभावको घटना हुन नदिन ग्रामीण क्षेत्रमा व्यापक सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको प्रजिअ रिसालले भनाई राखे ।

सामाजमा देखिएका छुवाछुत तथा जातीय भेदभाव जस्ता समस्या समाधान गर्ने उदेश्यले काम गरिरहेको राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजकी प्रमुख द्वारिका कुमारी अधिकारीले बताईन् । यस कार्यमा सबैले आ–आफ्नो स्थानबाट सघाउन उनले अनुरोधसमेत गरिन् ।
जातीय आधारमा अझै पनि दलित समुदायका व्यक्तिलाई समाजमा फरक दृष्टिकोणले मुल्यांकन गर्नु जायज नरहेको नागरिक समाज संजालकी संयोजक हेमा सुनारले बताईन् ।

अन्तरक्रिया कार्यक्रममा प्रजिअ नारायण प्रसाद रिसाल, सरकारी वकिल कार्यालयका सुचना अधिकारी डिल्लीराज ज्ञवाली, राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजकी प्रमुख द्वारिका कुमारी अधिकारी, डिएसपी तुल्सीराम अर्याल, अधिवक्त, अधिकारकर्मी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय