विवाह गर्दा वडाबाट स्विकृति लिनु पर्ने
सोमबार, असोज ०८, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,असोज ८/ विवाह गर्दा वडाबाट स्विकृति लिएर मात्र विवाह गर्नु पर्ने वडाले निर्णय कार्यान्वयन गरेको छ । बढैयाताल गाउँपालिका–४ ले बाल विवाह अन्त्य गर्न यस्तो निर्णय कार्यान्वयन गरेको हो । २० वर्ष पुरा भएको प्रमाणसहित निवेदन दिई वडाबाट स्विकृति लिएर मात्र विवाह गर्न पाईने निर्णय आइतबारबाट कार्यान्वय भएको बढैयाताल गाउँपालिका–४ का वडा अध्यक्ष नरे थापाले बताए ।

‘सन् २०२५ सम्म बढैयाताल गाउँपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्ने रणनीति छ’ अध्यक्ष थापाले भने,‘वडाले कार्यान्वयन गरेको निर्णयको अवज्ञा गरी उमेर नपुगेका बालबालिकाको विवाह गर्ने गराउनेलाई वडाले दिने सेवासुविधाबाट बञ्चित गर्नेछ ।’ बढैयाताल गाउँपालिकामा २६ प्रतिशत बालविवाह देखिन्छ ।

जसमा वडा नंम्बर ४ मा २० प्रतिशत बालविवाह देखिएको तथ्यांक रहेको सुनाए । २० प्रतिशत भन्दा कम सुचक भएको अवस्थामा बालविवाह मुक्त घोषणा गर्न सकिने कानुनी प्रावधान छ । वडालाई छिट्टै बाल विवाह मुक्त गर्ने तयारी रहेकोले यस्तो निर्णय कार्यान्वयन गरेको अध्यक्ष थापाको भनाई छ । उनका अनुसार बढैयाताल गाउँपालिका वडा नंम्बर २,३,६ र ७ बालविवाह मुक्त वडा घोषणा भईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय