बिद्यार्थी प्रति मोह देख्दाको तारिफ
सोमबार, असोज ०८, २०८० मा प्रकाशित

बर्दिया,असोज ०८ (फरकसमाचार)/ बिवादित अभिव्यक्ति राख्दा बेला बेला सामाजिक संजालमा मन्त्री भाईरल बन्छन् । भाईरल बन्ने होडमा नेता लागेको देखिन्छ । कस्ता बिषयले जनताको मन छुन्छ नाटकिय रुपमा देखाउँने पनि प्रशस्त छन् । बर्दियाका एक मन्त्री उनले भाईरल हुन नयाँ जुक्ति निकालेको पाईएको छ । एक हप्ते कक्षामा अंग्रेजी पढाईरहेका उनले पछिल्लो समय अंग्रेजीमा कमजोर भएका बिद्यार्थी पढाएर राजापुरबाटै शिक्षामा छलाङ मार्नेे दाबी गरिरहेका छन् ।

बिहान ७ बजे देखि बेलुका सम्म भवराटप्पामा अंगे्रजी पढाउँने मन्त्रीको समय तय गरिएको छ । तर लुम्बिनी प्रदेशका मन्त्री धर्म बहादुर चौधरीको बिद्यार्थी प्रति मोह देख्दा तारिफ गर्ने स्थानीयको कमि छैन । थारु समुदायको भावनात्मक मत(भोट) बटुलेर नयाँ पार्टी नागरिक उन्मुक्तिबाट चुनाव जितेका धर्म बहादुर चौधरी शिक्षक हुँदा हुदै पार्टीको भागमा परेर लुम्बिनी प्रदेशको भौतीक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् ।

एक साताको पढाईले खासै फरक नपरेपनि समाजमा सकारात्मक छाप छोड्न मन्त्री चौधरीको जुक्ति तारिफ योग्य भएको अभिभावक बताउँछन् । ‘मन्त्रीज्यूले आफ्नो ल्याकतले बिद्याथीलाई गरिरहेको मोटिभेसन कार्य उत्कृष्ट छ,’ उनले भने,‘ राजापुरलाई बिद्यार्थीको अध्ययन केन्द्रको लागि योग्य बनाउँन मन्त्री जस्तो गरिमामय पदको मान्छे लाग्नु पर्छ ।’ यसअघि २१ बर्ष जति शिक्षकको भूमिकामा रहेका मन्त्री चौधरीले अंग्रेजी बिषयमा बिद्यार्थीलाई अब्बल बनाउँन खोज्नु सकारात्मक सोचको उपच भएको उनले प्रतिक्रिया दिए ।

पछिल्लो सयम सरकारमै भएका दलका जनप्रतिनिधिले सस्तो लोकप्रियताको लागि बिद्यार्थी पढाउँने र विकास गर्न धर्ना बस्ने गतिबिधि गरेको देखिन्छ । सस्तो लोकप्रियता भन्दा जनताले पठाएका ठूला पदमा आशिन जनप्रतिनिधि दिर्घकालिन रुपमा जनताको जनजिवनमा फरक प्रभाव पार्ने काम तल्लिन हुन पर्ने सर्वसाधारणको आशा हो । मन्त्री चौधरीले पढाउँने कक्षामा कक्षा १२ फेल भएका बिद्यार्थी छन् । अंग्रेजी बिषयमा कम नम्बर ल्याएका बिद्यार्थीलाई लक्षित गरी कक्षा संचालमा ल्याएको मन्त्री चौधरी बताउँछन् । मन्त्रीले पढाउँने कक्षामा बिद्यार्थी निशुल्क पढदै आएको खुलेको छ । मन्त्रीले लिएको कक्षामा सहभागी हुन पाउँदा उत्साहित भएको बिद्यार्थी प्रतिक्रिया दिएका छन् । बिशेष रुपमा मन्त्री चौधरीले भन्छन् ‘बौद्धिक श्रमदान मार्फत बिद्यार्थीलाई ज्ञान बाड्दै छु ।’

मन्त्रीले संचालन गरेको एक साता कक्षामा ५५ जना बिद्यार्थी पढछन् । असोज २ गते देखि संचालित कक्षा ७ गते सम्म चल्नेछ । भौतिक पूर्वाधारसँगै शिक्षालाई अघि बढाउँने मन्त्री चौधरीको योजना छ । संबद्ध बिज्ञले बिद्यार्थीलाई ज्ञान बाड्न उनी सुझाउछन् । स्रोत नेपाल टेलिभिजन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय