बर्दिया,असोज ११(फरकसमाचार) / लगातार दुई दिनमा दुई लाख बढीको अबैध सामान प्रहरीले बरामद गरेको छ । दुई दिनमा गुलरिया नगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले मुल्य रु २ लाख ४९ हजार १ सय २९ बराबरको अबैध सामान बरामद गरेको हो ।
गुलरिया नगरपालिका–११ लालपुर स्थित भारतबाट भन्सार छली ल्याई बेवारिसे अवस्थामा राखिएको मुल्य रु १ लाख ३८ हजार बराबरको मोबिल र सुर्तिजन्य पदार्थ मंगलबार बरामद गरेको हो ।
गुलरिया नगरपालिका–७ गुलरिया गाउँ स्थितबाट चोरी पैठारी गरि ल्याईको मुल्य रु १३ हजार १ सय २९ बराबरको सुर्तिजन्य पदार्थ र सोही सामान ल्याउन प्रयोग गरिएको मुल्य रु ५० हजार बराबरको भे ५ प ७२९२ नंम्बरको मोटरसाईकल बुधबार बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गुलरिया नगरपालिका–८ भादा स्थितबाट मुल्य रु ४८ हजारको बरामद भएको छ । बरामद सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।