बर्दिया,असोज १२ (फरकसमाचार) / पछिल्लो समय पश्चिम नेपालको गन्तव्य बनिरहेको ठाकुरद्वारामा एक दिने ‘पर्यटन महोत्सव’ बुधवार सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका प्रमुख डिल्ली चौधरी, स्थानीय दलिय नेता, उपस्थित नगर प्रमुख र प्रदेशका उच्च पदस्थ कर्मचारीको भाषणले ठाकुरद्वाराको बाघ चौक गुन्जामानमय भयो ।
भाषण राजनितिक मिश्रित भएपनि पर्यटक कसरी भित्राउँन सकिन्छ चिन्ता व्यक्त गरेको सुनियो । तर नेताहरुले गरेको भाषणले मात्र पर्यटक भित्राउँन सघाउँ पुग्ने हो वा जुन ठाउँको प्रचार प्रसार त्यहि ठाउँमा गरिँदा सकारात्मक प्रभाव पर्ने हो कि वा होईन चिन्ता व्यक्त भने मन्च भन्दा तल बस्नेले गरेका थिए ।
यहाँको प्रचार प्रसार बाहिर गर्दा राम्रो हुने थियो कि भन्ने चर्चा गर्ने धेरै थिए । एक दिने महोत्सवको लागि पर्यटन विकास परिषद लुम्बिनी प्रदेश (१२ लाख ४० हजार)र आयोेजक ठाकुरबाबा नगरपालिकाको गरी १६ लाख ४० हजार खर्च गर्न अनुमानित बजेट सार्वजनिक गरिएको थियो । तर लाखौ रुपैया एक दिनमा स्वाहा गर्ने तरिकाले पर्यटन बढ्ने हुन वा होईन त्यो भबिष्यले देखाउँला । यति बेला एउटा थकित बिदा भनेर एउटा गाउँपालिका चर्चित बनेको छ ।
यस्तै महोत्सवको लागि बिद्यालयलाई सार्वजनिक बिदा दिएर बिद्यार्थीलाई अनुगमन गराउँन पछि नपरेको ठाकुरबाबा नगरपालिका प्रशासनको सकारात्मक सोचको उपच हो भन्नुपर्छ । महोत्सवमा प्रदेश स्तरिय उच्च पदस्थ कर्मचारीको गासँ, बास, आवागमनले धेरै खर्च हुँदा बजेट अपुग हुने समेत अनुमान आम नागरिकले लगाएका छन् । महोत्सवको खर्चमा दुई दिन जति होटल बस्ने पाहुना बढेकाले केहि पर्यटन व्यबसायी खुसी देखिए । महोत्सव स्टल आयोजना थारु फुडको पस्किदा व्यापक प्रचार प्रसार भएको छ । तर,छोटो अवधिमा आयोजना गरिएको उक्त कार्यक्रमले बाह्रय पाहुनाले महोत्सव अनुगमन गर्न नपाएकोमा केहि स्थानीय दुखी भेटिए ।
महोत्सवमा फ्रि सेवा दिएको भेटियो । स्टलमा राखिएका परिकार कलाकार, पत्रकार, सुरक्षाकर्मीलाई कुपन दिएर खानाको प्रबन्ध आयोजकले गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटे बाघको मुभमेन्ट हुन थालेपछि पर्यटकको संख्यामा उकालो लागेको छ । निकुञ्ज प्रशासनले सुरक्षा पोष्ट र सूचना प्रणालीको विस्तारसँग चोरी शिकार नियन्त्रणका लागि गरेको प्रयासले वाईल्ड लाईफको संख्यामा फड्को मारेको छ ।