करेन्ट लागेर चार जनाको मृत्यु
मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित

बर्दिया,असोज १६(फरकसमाचार) / साढे दुई महिनाको अन्तरालमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–९ (१३ नंम्बर गाउँ)का ५६ वर्षिय लिलाधर भण्डारीको सोमबार करेन्ट लागेर मृत्यु भएको हो । भयावह रुपमा करेन्ट लागेर मानिसको मृत्यु हुन थालेपछि बिद्युतबाट सर्वसाधारण आंतकित बनेका छन् ।

सडक छेउँका बिरुवा, सामान्य काममा, वन्यजन्तु रोक्न र बिद्युतका तार लत्रिदा यस्ता किसिमका घटना घटेको पाईएको छ । चालु आर्थिक वर्षको साउन देखि हालसम्म करेन्ट लागेर चार जनाको मृत्यु भईसकेको प्रहरीले पुष्टि गरेको छ । पछिल्लो समय करेन्ट लाग्ने घट्ना बढ्दो क्रममा भएपनि यस बिषयमा सम्बन्धित निकाय मौन देखिन्छ ।

अधिकांश ठाउँका सडक छेउँमा उम्रिएका रुखमा नाङ्गो तारले छोएको देखिन्छ । नाङ्गो तारमा छोएको रुख नकाट्दा बिद्युतबाट सर्वसाधारण ज्यान गुमाउँन परेको छ । बिद्युतलाई जानकारी नगराएर सडक छेउँका रुख काट्दा सर्वसाधारणको ज्यान गएको विद्युत प्राधिकरण गुलरियाका प्रमुख नारायण अर्याल बताए । ‘सवै ठाउँमा काट्न सम्भव छैन,’उनले भने,‘खरिद गुरुयोजना आएपछि रुख फडाँनी लगायतका काम हुन्छ ।’ तर प्राधिकरणको लापरबाहीले सर्वसाधारण लिलाधर भण्डारीको ज्यान गएको उल्लेख गर्दै सडक छेउँका रुख फडाँनी नगरेको प्राधिकरणलाई सर्वसाधारणले आरोप लगाएका छन् ।

रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–९ (१३ नंम्बर गाउँ)का ५६ वर्षिय लिलाधर भण्डारीको सोमबार करेन्ट लागेर मृत्यु भएको हो । घर नजिक रहेको डाले घाँस काट्ने क्रममा भण्डारीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए । करेन्ट लागेर गम्भिर घाईते भएका भण्डारीलाई बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय