आठ दिन देखि युवती सम्पर्क बिहीन
बुधबार, असोज १७, २०८० मा प्रकाशित

बर्दिया,असोज १७(फरकसमाचार) / गुलरिया नगरपालिका–८ सुरजपुरकी एक युवती आठ दिन देखि सम्पर्क बिहीन भएकी छिन् । सुरजपुर जाजरकोट बस्तीकी २८ वर्षिय कालिका घर्ती बुढा आठ दिन देखि सम्पर्क बिहीन भएकी हुन् । उनलाई उनको आफन्तले खोजी गरिरहेका छन् । उनलाई कसैले कतै देखे खबर गरिदिन आफन्तले अनुरोध समेत गरेका छन् ।

सम्पर्क बिहीन युवतीको श्रीमान विगत तीन वर्ष देखि बेपत्ता छन् । भारत कमाउन गएको बेला श्रीमान बेपत्ता भएका थिए । अहिले श्रीमति पनि सम्पर्क बिहीन हुँदा दुई वटा बच्चाहरुको बिचल्ली भएको छ । दुई वटा साना बच्चाहरु आफ्नो बुढो हजुर बुवा र हजुर आमासंग बसिरहेका छन् ।

असोज ७ गते देखि उक्त युवती बेपत्ता भएको स्थानीय हिम बहादुर पुनले जनाएका छन् । ‘विगत एक वर्ष देखि बिरामी भई उनको मानसिक सन्तुलन ठीक छैन’ पुनले भने,‘उनलाई कही कतै कसैले देखे, सम्पर्क नंम्बर ९८४८०८२०५७ मा खबर गरिदिनुहोला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय