दुर्गा प्रसाईले कार्यक्रम सम्बोधन नगरेर फर्किए
बिहिबार, असोज १८, २०८० मा प्रकाशित

बर्दिया, असोज १८ (फरकसमाचार)/ गुलरिया आएका दुर्गा प्रसाईले कार्यक्रम सम्बोधन नगरेर फर्किएका छन् । वर्षातले आयोजित कार्यक्रमलाई बिथोलेपछि सम्बोधन नगरेर प्रसाई फर्किएका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान द्वारा आयोजित लघुवित्तिय, सहकारी, बैंक, बिमा र मिटर व्याज पिडितहरुसंग अन्तरक्रिया तथा आम सभा कार्यक्रमलाई वर्षातले बिथोलेपछि प्रसाई फर्किएका हुन् । कार्यक्रमको मंञ्च गुलरिया नगरपालिकाको प्राङ्गणमा बनाईएको थियो ।

नागरिक बचाऊ महाअभियानका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईलगायतको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य देवकमल पौडेलले गरिसकेका थिए । त्यसैगरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार श्रेष्ठ, निर्माण व्यवसायी संघका अध्यक्ष हेमन्त गिरी र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान बर्दियाका अध्यक्ष राजेश कुर्मीलगायतले कार्यक्रममा आ–आफ्नो भनाई राखी सकेका थिए । त्यसपछि वर्षात सुरु भएको थियो ।

करिब एक घण्टा लगातार वर्षात हुँदा कार्यक्रम स्थगित भएको जनाउँदै दुर्गा प्रसाई फर्किएका थिए । गुलरिया नगरपालिका बरान्डामा वत लागेर बसेका उनी बर्षा रोकिने बित्तिकै फर्केका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय