अबैध सामानसहित तीन भारतीय नियन्त्रण
सोमबार, असोज २२, २०८० मा प्रकाशित

बर्दिया,असोज २२(फरकसमाचार) / अबैध सामानसहित तीन भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको । गुलरिया नगरपालिका–८ स्थितबाट अबैध सामानसहित तीन भारतीयलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याउँदै गरेको सामानसहित भारत जिल्ला बहराईच थाना मोतिपुर चित्लहवाका तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएका तीन जना भारतीय नागरिकको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रहरीका अनुसार बरामद सामान मुल्य रु ३८ हजार १ सय २० बराबरको छ । बरामद सामानमा किराना, कपडा र कस्मेटिक सामान र सामान ल्याउन प्रयोग गरिएको ३ वटा साईकल पनि बरामद भएको छ । सामान र मानिसलाई नियन्त्रण लिई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय